logo

बजेट कार्यान्वयन भएपछि अब धनि व्यक्तिको ३९ प्रतिशत कमाई सरकारलाई तिनुपर्ने, वार्षिक ५० लाख भन्दा धेरै कमाउने व्यक्तिको संख्या ६५२

    731   पटक पढिएको

२१ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ देखि स्वदेशमै बसेर धेरै कमाउने व्यक्ति तथा धनिहरुको कर बढाइदिएका छन्।
बजेट मार्फत वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। अर्थमन्त्री महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन् ।
अहिले अधिकतम कर ३६ प्रतिशतसम्म छ । अब ३ प्रतिशतले उनीहरुको कर बढेको छ। यसरी तिन प्रतिशतले बढाईएपछि अब उनीहरुले ३९ प्रतिशत कर सरकारलाई तिर्नुपर्छ।
५० लाख रुपैयाँभन्दा बढी कमाउनेको संख्या भने धेरै छैन । आन्तरिक राजस्व विभागले तयार पारेको सूची अनुसार ५० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्ति तथा प्रोप्राइटर फर्मको संख्या करिब ११ सय जत्तिको रहेको छ । जसमध्ये ६५२ जना व्यक्तिहरु छन्।
अहिले जतिसुकै कम कमाउनेले पनि १ प्रतिशत कर तिर्नैपर्छ । यो सामाजिक सुरक्षा कर हो। एकलको हकमा ५ लाख र दम्पतीको हकमा ६ लाख कमाउनेले १ प्रतिशत कर तिर्नैपर्छ ।
त्यसभन्दा माथि २० हजार कमाउनेले १० प्रतिशत कर थप तिर्नुपर्छ । यसबाहेक अर्को ६० हजार कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ । ६० हजारपछि अर्को ३ लाख कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ । यस्तो व्यक्तिले ३० प्रतिशत कर तिर्दा उसको आम्दानी भने २० लाखसम्मको पुगिसकेको हुन्छ ।
यसैगरि, २० लाखभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ । अब भने ५० लाखभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने छ ।
बवेट मार्फत यसरी बढेको करले बैंक तथा वित्तीय संस्थाका माथिल्ला तहका कर्मचारी, कर्पोरेट क्षेत्रका प्रमुखहरु, बीमा कम्पनीका प्रमुख अधिकृतहरु लगायतलाई थप करको भार परेको छ ।
अब सेयर र घरजग्गालाई व्यवसाय बनाएर वार्षिक ५० लाख रुपैयाँ कमाउनेले पनि ३९ प्रतिशत कर सरकारलाई तिर्नुपर्ने हुन्छ । तर, यो कर आगामी आर्थिक वर्षदेखि लागू हुन्छ । त्यसो हुँदा ६ सय ५२ जनाको संख्या बढ्न सक्छ । यसैगरि, प्रोप्राइटरको संख्यामा पनि वृद्धि हुने अनुमान विभागको छ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिले थपिएको ३ प्रतिशत सरचार्ज भने सधैंलाई नभएको बताए । उनले सरकार आम्दानीका रुपमा कमजोर अवस्थामा रहेकाले केही समयका लागि कर लगाइएको बताए । ‘यो बढेको कर मलाई पनि मन परेको थिएन। तर अहिले स्रोत कम छ । भोलि बलियो भएपछि हटाउन सकिन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।