logo

डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १०/१० रुपैयाँले घट्यो

    454   पटक पढिएको


३ जेठ/अर्थ र व्यापार – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १०/१० रुपैयाँले घटाएको छ । अहिलेलाई पेट्रोलको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले मंगलबार रातीदेखि लागु हनेगरि डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाएको हो ।
यसैगरि, आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य भने यथावत राख्ने निर्णय गरेको निगमले जनाएको छ ।
‘पेट्रोलको मूल्य समायोजन नगर्दा भारतमा भन्दा नेपालमा प्रतिलिटर २३ पैसा बढी पर्ने । मूल्य घटाउँदा फेरि तस्करी हुने सम्भावना देखिएको भन्दै निगम सञ्चालक समितिले अहिले यस्तो निणर्य गरिएको बताएको छ । निगमले यसपटक पेट्रोलको मूल्यलाई यथावत राख्ने निर्णय भएको जनाएको छ ।
डिजेल र मट्टीतेलमा घटाएर समायोजन गरिएको नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने निगमले जनाएको छ । डिजेलको मूल्य घटेपछि अब खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ ।
यसैगरि, मट्टीतेलको भाउ पनि प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम हुने निगमले जनाएको छ । पेट्रोलको मूल्य यथावत राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने निगमले स्पष्ट्र पारेकोे छ । यसरी घटाईएको मुल्यले अब ठुला सवारी साधान तथा मालबाहक गाडीहरुलाई केही राहात हुने छ ।
जसका कारण अब ठुला सावारी साधनहरुको भाडादर पनि केही सस्तो हुने छ । यसैगरि, मालबहाक गाडीमा प्रयोग हुने डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ सस्तो भएपनि अब ढुवानी तथा सामान ओसार पसार गर्ने भाडादर समेत केही घट्ने आम उपभोक्ताको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।