logo

परियोजनालाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित :अर्थमन्त्री

    825   पटक पढिएको

२९ बैशाख/अर्थ र व्यापार – अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनालाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताएका छन् ।
उनले प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पतीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको जानकारी दिए । उनले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।
उनले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रुपमा लाभ लिन सकिनेमा जोड दिए । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी विस्तार गर्न सरकार अनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको बताएका छन् ।
उनले आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि जोड दिए ।

उनले भने, ‘हाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र हो । यी अध्ययनहरू हाम्रा परियोजना बैंकहरूसँग सजिलै उपलब्ध हुनुपर्छ, जसले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू पाउनेछन् ।
जसमा पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्र पर्दछन् । ती क्षेत्रमा लगानी प्रवद्र्धन गर्न नेपाल सरकार अनुकुल वातावरण र प्रतिष्पर्धात्मक नीतिगत व्यवस्था गर्न तयार छ । हामी आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं ।’
मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।