logo

महासंघको कोषाध्यक्षमा केसी निर्वाचित

    770   पटक पढिएको


५ बैशाख/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार महासंघमा भएको निर्वाचनमा केसीले ३८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनको प्रतिस्पर्धी प्रवलजंग पाण्डेले २९ मत प्राप्त गरेका थिए । यसबाहेक एउटा मत बदर भएको थियो । कोषाध्यक्षमा निर्वाचित केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन रहेको थियो ।

पाण्डेलाई बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको समर्थन रहेको थियो । नवनिर्वाचित महासंघको नयाँ नेतृत्वमा सहभागी कार्यकारीणी समितिले कोषाध्यक्ष छनोट गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार सोमबार कोषाध्यक्षका लागि सुरुमा ४ जनाले उम्मेद्वारी दिने घोषणा गरे पनि अन्तिममा केसी र पाण्डेको मात्र उम्मेदवारी परेको थियो ।

यसअघि आइतबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका थिए । ढकालले आइतबार काठमाडौको टेकुस्थित महासंघको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
महासंघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष ढकाल आगामी तिनवर्षे कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएको भन्दै अब अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसले नै महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको उनको भनाई थियो ।

महासंघको गत २८ र २९ चैतमा सम्पन्न भएको ५७ औँ वार्षिक साधारण सभामा भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्वाचित भएका थिए । यसैगरि, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका थिए भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ सुब्बा र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका थिए ।
सो चुनावबाट एकजना बरिष्ठ उपाध्यक्ष सहित ६४ जना निर्वाचित महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुले आइतबार आफ्नो पदबहाली गरेका थिए । निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई अध्यक्ष ढकालले शपथ खुवाएका थिए ।

महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुरूप महासंघको नेतृत्व लिएका ढकालले भने गत शुक्रबार नै शपथ खाइसकेका थिए ।
पदबहाली गरेपछि महासंघ सचिवालयका कर्मचारीहरुलाई ढकालले संवोधन गरेका थिए । आफ्नो पदबहालीकै क्रममा ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

आइतबार अध्यक्ष ढकाल महासंघ सचिवालयमा पुग्दा महासंघ सचिवालय प्रमुख एवं महानिर्देशक गोकर्णराज अवस्थीको नेतृत्वमा कर्मचारीहरुले खादा र माला लगाएर स्वागत गरेका थिए । सोही कार्यक्रममा भर्खर सम्पन्न महासंघको मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित बधाई दिएका थिए । त्यसपछि अध्यक्ष ढकालले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समिति सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।