logo

वैदेशिक ऋणबाट ल्याएको १३ अर्ब अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै महालेखाले उठायो प्रश्न

    784   पटक पढिएको

३ बैशाख/अर्थ र व्यापार – महालेखा परीक्षकको कार्यालयले वैदेशिक ऋणबाट ल्याएको १३ अर्ब रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै गम्भिर प्रश्न उठाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले समिक्षा अवधीमा १३ अर्ब रुपैयाँ बढी खर्च गरे अनुसार उपलब्धीमुलक नभएको भन्दै महालेखाले सो खर्च अनुत्पादक भएको बताएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन अनुसार वितेका तीन आर्थिक वर्षमा कुल १३ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च भएको तथ्यमा यस्तो प्रश्न गरेको हो ।
वैदेशिक ऋणबाट उत्पादन वृद्धि र पुँजी निर्माण कार्यक्रम सञ्चालन हुनुपर्नेमा सो रकम उनुपात्दक कार्यमा खर्च गरेको भन्दै महालेखाले सरकारको खर्चगर्ने यस्तो तरिकामाथी नै प्रश्न उठाएको छ ।
‘ प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मूलतः सडक नाला सफाई गर्ने, विद्यालयको खेलमैदान तथा गोरेटो, घोडेटो बाटो निर्माण तथा स–साना पूर्वाधार निर्माण र सरसफाई जस्ता कार्य गरेको देखिँदा उत्पादन बृद्धि गरी पुँजी वृद्धि हुने खालका काम भएको देखिँदैन, वैदेशिक ऋणबाट उत्पादन वृद्धि र पुँजी निर्माण कार्यक्रम सञ्चालन हुनुपर्नेमा यो खर्च उनुपात्दक कार्यमा गरेको अवस्था छ’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
सोहि प्रतिवेदन मार्फत महालेखाले यस्तो कार्यक्रमको दिगोपना र अपनत्वका लागि स्थानीय तहसँग लागत साझेदारी गरी कार्यक्रम सञ्चालन गर्ने तथा रोजगार व्यवस्थापन सूचना प्रणालीलाई स्तारोन्नती र अद्यावधिक गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।
देशभर रोजगारीका पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ ।
सूचिकृत बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा विगत तिन वर्षदेखि हालसम्म १३ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च भएकोमा ६ लाख २१ हजार ७३ जना कार्यक्रममा सहभागी भई औसतमा ४५ दिनको रोजगार प्राप्त गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।