logo

घरजग्गा कारोबारको मन्दी हटाउन व्यवसायीका अनेक माग

    769   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – घरजग्गा कारोबारमा मन्दी लम्बिएपछि घरजग्गा व्यवसायीले सरकारसँग विभिन्न माग अघि सारेका छन् ।
घर जग्गा कारोबारमा आएको गिरावटकै कारण अहिले महिनामा लाखभन्दा बढी हुने लिखत पास निकै घटेर जम्मा ४० हजारमा झरेको छ ।
स्थानीय तहरुले जग्गाको वर्गीकरण गरेर कृषि र गैरकृषिजन्य क्षेत्र छुट्याएपछि कित्ताकाट खोल्नु पर्ने व्यवस्था पछि घरजग्गा व्यवसाय सुस्ताउन थालेको थियो ।
नेपाल जग्गा तथा आवास विकास संघले पत्रकार सम्मेलन आयोजना गर्दै विभिन्न नीतिगत व्यवस्थाहरु आवश्यक परेको बताएको छ । संघका अध्यक्ष भेषराज लोहनी घरजग्गा व्यवसायी सरकारी नीति र अर्थतन्त्रमा आएको समस्याले सबैभन्दा बढी पीडित बन्नु परेको बताउँछन् ।
करिब १६० हाराहारी स्थानीय तहहरुले मात्रै जग्गाको वर्गीकरण गरेको संघको दाबी छ । ६०० भन्दा बढी स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा त्यसको असर व्यवसायमा परेको व्यवसायी बताउँछन् ।
हतारमा ल्याइएको जग्गा वर्गीकरणको नियमले घरजग्गा क्षेत्रमा ठूलो प्रभाव परेको भन्दै अध्यक्ष लोहनीले यस विषयमा सहजीकरण नगरिए व्यवसायीहरु अझै मारमा पर्ने बताए ।
संघले एकल अंकको ब्याजदर कायम गर्न माग गरेको छ र ब्याज पूँजीकरण गर्ने व्यवस्था पनि आवश्यक रहेको औंल्याएको छ ।
जग्गाको मूल्यांकन र कर्जा धितोको अनुपात बढाउनुपर्ने पनि आवाज उठेको छ । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा जग्गाको मूल्यांकनको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मूल्य र कर्जा धितोको अनुपात कायम गरेको छ । यसलाई बढाएर ६० देखि ७० प्रतिशत पु¥याउनुपर्ने निजी क्षेत्रको माग छ ।
भू–उपयोग कानुनको प्रभावकारी कार्यान्वयन गरेर कित्ताकाट गर्न पाउनुपर्ने पनि संघको माग छ । सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरहरुबाट मात्रै घरजग्गा किनबेच गर्ने कानुनी व्यवस्था गनुपर्ने पनि व्यवसायी बताउँछन् ।
विदेशी नागरिकले नेपालमा अपार्टमेन्ट किन्न पाउने व्यवस्था गर्नुपर्ने भन्दै संघका अध्यक्ष लोहनीले यस्तो व्यवस्थाले अर्थतन्त्रलाई राहत दिने दाबी गरे । व्यवस्थित बसोबास तथा शहरीकरणसम्बन्धी आयोजना चलनाउन हदबन्दीमा छुट दिन र ल्यान्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै ठूलाठूला शहरी विकास आयोजनामा निजी क्षेत्रलाई पनि संलग्न गराउन संघको माग छ । टाउनसीप विकास परियोजनामा निजी क्षेत्रको प्रवेश अत्यावश्यक रहेको संघको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।