logo

विद्युतीय व्यापारलाई व्यवस्थित बनाइँदै,गलत सामान डेलिभरी भए पैसा फिर्ता गर्नुपर्ने

    502   पटक पढिएको


१८ फागुन/अर्थ र व्यापार – सरकारले इकमर्समार्फत वस्तु तथा सेवाको वैदेशिक व्यापार गर्न पाइने व्यवस्थासहित विद्युतीय व्यापारलाई व्यवस्थित गर्ने कानुन बनाउने तयारी गरेको छ ।
हाल अनलाइन माध्यमबाट व्यापार व्यवसाय फैलँदो क्रममा रहेको तर, नियमन गर्ने कानुन नभएको निष्कर्ष सहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार विधेयक २०७९’ को मस्यौदालाई अन्तिम रुप दिएको छ ।
यस विधेयकको मस्यौदा परामर्शका क्रममा कानुन मन्त्रालय पठाइएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मन्त्रालयले गरेको विधेयकको मस्यौदामा अनलाइनमार्फत वस्तु तथा सेवा दुवैको वैदेशिक व्यापार गर्न पाइने व्यवस्था उल्लेख छ ।
ऐन जारी भएपछि अनलाइनमा आधारित आयात र निर्यातलाई समेत खुला बनाइएको छ । यो व्यवस्था अनुसार ऐन जारी भएपछि नेपाली वस्तु अनलाइनमार्फत विश्व बजारमा बिक्री गर्न बाटो खुल्नेछ । विदेशी इकमर्स कम्पनीसँग नेपालीले पनि अनलाइन कारोबार गर्न पाउने छन् ।
जस्तै नेपालको दराज प्लेटफर्मबाट अमेरिकाबाटै वस्तु खरिद गर्न सकिन्छ भने अमेजन स्टोरको वस्तु नेपालबाटै खरिद गर्न सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द कार्कीले बताए ।
‘हाल कुनै न कुनै तरिकाबाट यस्तो कारोबार भइरहेको पायौं,’ उनले भने, ‘अब यसलाई भुक्तानी र कानुनी दायरामा ल्याएर प्रोत्साहन गर्न खोजिएको हो ।’ यस्तो कारोबार गर्दा विदेशी विनिमय कानुनको पालना गर्नुपर्नेछ । अग्रिम भुक्तानी गरेमा त्यसको शर्त तोकिएको छ ।
उद्योग मन्त्रालयबाट प्राप्त विधेयकको मस्यौदामा अनलाइन कारोबार गर्न सम्बन्धित फर्म वा कम्पनीले ऐन जारी भएको एक महिनाभित्र वाणिज्य विभागले तयार पार्ने अनलाइन पोर्टलमा अनिवार्य रुपमा व्यवसाय सूचीकरण गराउनुपर्ने उल्लेख गरिएको छ ।
अनलाइन कारोबार गर्ने व्यावसायिक बिक्रेता कम्पनीले अनिवार्य रुपमा आफ्नो डिजिटल प्लेटफर्म (वेबसाइट) तयार गर्नुपर्नेछ । प्लेटफर्ममा आफ्नो कारोबारको सम्पूर्ण विवरण, शाखा र सुविधा समेत उल्लेख गर्नुपर्ने छ ।
हाल फेसबुक पेज, इन्स्टाग्राम लगायतका प्लेटफर्म मार्फत पनि कारोबार हुँदै आएको अनलाइन व्यापारलाई नयाँ व्यवस्थामार्फत सरकारले नियमन गर्न खोजेको हो । इकमर्स व्यवसायमा ग्राहकले चाहेकै वस्तुको डेलिभरी, बिक्री भएको वस्तु सटही वा पैसा फिर्ताको व्यवस्था पनि विधेयकको मस्यौदामा समावेश गरिएको छ ।
गलत कारोबार भए बिक्रेतालाई जरिबाना, मुद्दा दर्ता तथा जेल सजाय हुनेसम्मको व्यवस्था प्रस्ताव गरिएको छ । वाणिज्य मन्त्रालयका सहसचिव कार्कीले हाल विश्वभर फैलिरहेको इकमर्स व्यवसायलाई कानुनमार्फत प्रोत्साहन गर्न र यसको विश्वनीनयता बढाउन खोजिएको बताए ।
विधेयकले इकमर्स व्यवसायलाई करको दायरामा समेत ल्याउनेछ । उनले इकमर्स व्यवसायका क्रममा कुनै कामदारका कारण हुने गल्तीले उपभोक्तालाई हानी भए त्यसको जिम्मेवार बिक्री कम्पनीको सञ्चालक हुने प्रस्ताव गरिएको बताए ।
विधेयकको मस्यौदामा अनलाइन माध्यमबाट वस्तु मात्र नभई सेवाको खरिद बिक्री पनि गर्न सकिने प्रस्ताव गरिएको छ । सेवाको व्यापार अन्तर्गत विद्युत, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श सेवाको खरिद आदि समावेश छन् ।
सहसचिव कार्कीका अनुसार पछिल्लो समय इकमर्सबाट सेवाको व्यवसाय पनि बढ्न थालेकाले विधेयकको मस्यौदामा समेटिएको हो । विधेयकको मस्यौदामा पर्यटन, मनोरञ्जन, यातायात, ढल, बैकिङ, बीमा वा यस्तै प्रकृतिका अन्य सेवालाई पनि कारोबारको दायरामा समेटिएको छ । यस्तै कानुनी, लेखापरीक्षण, चिकित्सक वा इन्जिनियरिङ सेवाको अनलाइन कारोबार पनि कानुनको दायरामा आउनेछ ।
विधेयकको प्रस्ताव अनुसार विद्युतीय कारोबारमा बिक्रेता र उपभोक्ताबीच करार भएको मानिने उल्लेख छ । करारमा वस्तु तथा सेवाको माग, रद्ध, सामान फिर्ता, सट्टापट्टा, पैसा फिर्ता लगायतका विषय स्पष्ट गरिनुपर्ने उल्लेख छ ।
कारोबार गर्दा भुक्तानी विद्युतीय प्रणालीबाट गर्न सकिने पनि विधेयकको मस्यौदामा उल्लेख छ । करार अनुसार वस्तु तथा सेवा उपलब्ध गराएपछि उपभोक्ताको चित्त नबुझे वस्तु साटफेर गर्ने विधि पनि तोकिएको छ । ग्राहकलाई चित्त नबुझेमा पैसा फिर्ता गर्नुपर्ने परिकल्पना छ ।
गलत ढंगले वस्तु तथा सेवाको विज्ञापन भए कारबाही हुनेछ । बिक्रेताको डिजिटल प्लेटफर्ममा ग्राहकको विवरण र सूचना गोप्य रहनुपर्ने व्यवस्था छ । त्यस्तो विवरण फेरबदल गर्ने अधिकार ग्राहकलाई नै हुनुपर्ने प्रस्ताव गरिएको छ । कानुन मन्त्रालयले सो विधेयक मन्त्रिपरिषद्मा पेश गर्छ । मन्त्रिपरिषद्ले पेश गरेको सो विधेयक दुवै सदनले पास गरेपछि यसले कानुनी मान्यता पाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।