logo

आर्थिक सहायताका नाममा सरकारले बाँड्यो साढे ५ करोड, राज्यकोषको ढुकुटी रित्याउनेमा पूर्व राष्ट्रपतिदेखि भुटानी शरणार्थीसम्म

    1031   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – चालू आर्थिक वर्षको वितेका सात महिनाको अबधिमा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड रुपैयाँ बाँडेको छ । सरकारले बाँडेको रकम लिएर राज्यकोषको ढुकुटी रित्याउनेमा पूर्व राष्ट्रपति डा.रामबरण यादवदेखि पूर्व प्रधानमन्त्री हुँदै भुटानी शरणार्थी लगायत रहेका छन ।
चालु आर्थिक वर्षको वितेका साता महिना गत साउनदेखि माघ मसान्तसम्मको अवधीमा सरकारले १३९ जनालाई व्यक्तिगत रुपमा आर्थिक सहायता स्वरुप कुल ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ वितरण गरेको हो ।
सोमबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको वितेका ७ महिनाको तथ्यांक अनुसार सरकारले झन्डै साढे ५ करोड रुपैयाँ बाँडेको पाईएको छ । सो अवधीमा सबैभन्दा धेरै आर्थिक सहायता पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई दिईएको छ ।
गत ३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार पूर्व राष्ट्रपति यादवलाई औषधिउपचार खर्च बापत २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको उल्लेख छ ।
यसैगरि, मंसिरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका शीर्षनेता झलनाथ खनाललाई २० लाख रुपैयाँ राहत स्वरुप दिईएको छ । गत ३१ भदौमा तथा ७ असोजको निर्णय अनुसार सो रकम वितरण गरिएको उल्लेख भएपनि पूर्वप्रधानमन्त्री खनाललाई कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको उल्लेख गरिएको छैन् ।
यसैगरि, सो अवधीमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सरकारले दुई चरणमा गरी २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराईएको विवरण उल्लेख छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सहायता वितरणको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्थिक सहायता रकम भदौ महिनामा वितरण गरिएको छ । गत भदौ महिनामा मात्रै ३१ जनालाई १ करोड ४१ लाख ७७ हजार रुपैयाँ वितरण गरिएको पाईएको छ ।
यसैगरी, साउन महिनामा मन्त्रालयले १९ जनालाई ९५ लाख रुपैयाँ बाँडेको छ । असोज महिनामा १ जनालाई २५ लाख रुपैयाँ र कात्तिक महिनामा ७ जनालाई ४४ लाख रुपैयाँ वितरण गरिएको अर्थमन्त्रालयको तथ्यांकमा देखिएको छ ।
त्यसैगरी, मंसिर महिनामा ५८ जनालाई १ करोड ३० लाख ८४ हजार रुपैयाँ, पुस महिनामा २१ जनालाई ८८ लाख ७२ हजार रुपैयाँ र माघ महिनामा २ जनालाई २४ लाख रुपैयाँ आर्थिक सहायत शीर्षक मार्फत राज्यकोषको रकम वितरण गरिएको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।