logo

सुन आयातमा लगाएको बन्देज हटाउन व्यवसायीको माग

    758   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाएको बन्देज हटाउन माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सोमबार सयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन ।
उनीहरुले सरकारले पछिल्लो समय १० किलो मात्र सुन आयात गरिदिँदा उपभोक्ताको आवश्यकता पूरा गर्न नसकिएको भन्दै कोटा बढाउन माग गरेका छन् ।
बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारिमा र अफ सिजनको समयमा पनि झण्डै १० देखि १५ किलोको हाराहारिमा कच्चा सुनको माग हुने गरेको भए पनि हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले उपभोक्ताको आवश्यकता पूरा गर्न कठीन छ ’ नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले भने ।
विधिवत तरिकाले बैंकवाट आउने सुनवाहेक विदेशवाट आउने नेपालीहरुले विना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था भएपनि सो अनुसार हुन नसकेकोे व्यवसायीको गुनासो छ ।

विदेशबाट आउने नेपालीहरुले सुन ल्याउँदा प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै महासंघले राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायी लाई अपराधि जस्तो व्यवहार गर्न थालेको बताएको छ । सरकारले अनुसन्धानका नाममा अनावश्यक दुःख दिने गरेको भन्दै महासंघले ब्यवसायीलाई आतंकित नबनाउन आग्रह गरेको छ ।
राज्यको नियम अनुसार दर्ता गरी बसेका व्यवसायीहरूलाई हतोत्साहित बनाउनुका साथै सिङगो पेसा प्रति नै वितृष्णा पैदा गरेको सुनचाँदी व्यवसायीले आरोप लगाएका छन् ।
व्यवसायीहरुले निर्वाध रुपमा राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा ब्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फवाट प्रष्ट मापदण्ड ऐन, कानून बनाई शिघ्र लागु गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले १३ वर्ष अघिको कोटा सिस्टम अन्त्य हुनुपर्ने बताउँदै सुनचाँदीको बजार पारदर्शी बनाउन माग गरे ।
उनले सुनचाँदी व्यवसायमा समस्या थपिदै गएकोले अब यथास्थितीमा बजार चल्न नसक्ने अवस्थामा पुगेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।