logo

व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न चेम्बरको माग

    785   पटक पढिएको


५ फागुन/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यातायात मजदुरहरुको प्रदर्शनको क्रममा केहि दिन अघि काठमाडौंको काठमाडौको गोंगबुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गर्दै सो घटनाका दोषीलाई अबिलम्व कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न माग समेत गरेको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्धारा जारी विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि नभएको उल्लेख छ ।
व्यवसायमा लुटपाट, तोडफोड जस्ता घटनाले आतंक सिर्जना गरेको भन्दै चेम्बरले औद्योगिक एवं व्यवसायिक क्षेत्रहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने माग गरेको छ ।
व्यवसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरको ठहर छ ।
यसैगरि, चेम्बर अफ कमर्सले गोंगबु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलव्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेत समेत गराएको बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।