logo

आगामी बजेट निर्माण गर्न ‘कोर टिम’ बनाउँदै अर्थमन्त्री

    703   पटक पढिएको


२९ माघ/अर्थ र व्यापार – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको आकार घटाउने तयारी थालेका छन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् ।
अर्थ मन्त्रालयले छिट्टै चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । माघभित्रै अर्धवार्षिक समीक्षा हुने र सोही बेला बजेट संशोधनको तयारी भएको अर्थमन्त्री निकट स्रोतले बतायो । ‘विगतमा पनि बजेटको आकारदेखि लक्ष्यसम्म पुनरवलोकन गरिएको थियो, अहिले पनि घटाइँदै छ,’ स्रोतले भन्यो । यस आवको मङ्सिरमा चुनाव थियो ।
चुनावका कारण चालू बजेट अधिकतम खर्च भए पनि विकास बजेट खर्च हुन सकेको छैन । सरकारले ल्याएको पूँजीगततर्फको बजेटमध्ये अहिलेसम्म १६ दशमलव १३ प्रतिशत मात्रै खर्च भएको छ । त्यसो त आगामी वर्षको बजेटसमेत अहिलेको भन्दा कम आकारको ल्याउन सरकारलाई योजना आयोगले सिफारिश गरेको छ । सोहीअनुसार अधिकारीहरूले बजेट बनाउन थालिसकेका छन् ।
आगामी बजेट घट्ने अर्थमन्त्री पौडेलले समेत बताएका छन् । बुधवार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास नदोहो¥याउने बताए ।
‘ठूलो आकारको बजेट ल्याउने विगतको अभ्यास छ । तर, हामी त्यस्तो पक्षमा छैनौं । अर्थतन्त्रको संरचनागत परिवर्तन गर्नेमा हाम्रो जोड रहनेछ,’ उनले भनेका छन् ।
विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन कमजोर हुँदा सरकारी अधिकारीको क्षमतामा प्रश्न उठाउने गरिएको छ । मध्यकालीन खर्च संरचनाअनुसार आगामी वर्ष १९ खर्बको बजेट सरकारले ल्याउनुपर्ने हो तर त्यसअनुसार बजेट बनाउन राष्ट्रिय योजना आयोगले अनुमति दिएको छैन ।
योजना आयोगले १५–१६ खर्बको बजेट ल्याउन भनेको छ । अर्थमन्त्री पौडेलले चालू बजेटको समीक्षा र आगामी बजेटको निर्माणमा लाग्न अर्थमा कोर टीम बनाइरहेका छन् ।
हालैको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर पौडेलले अर्थ मन्त्रालयमा ६ जना सहसचिव ल्याएका छन् ।
अर्थमा लामो अनुभव नभएका अधिकारीहरूलाई अन्त पठाएर पौडेलले अर्थकै अनुभवी क्याडरलाई ल्याएका छन् । अर्थमन्त्री पौडेलको पहलमा बजेट निर्माणमा दखल राख्ने धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगबाट,वैदेशिक महाशाखामा दखल राख्ने श्रीकृष्ण नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट, झक्कप्रसाद आचार्य र रमेश अर्याललाई श्रम तथा रोजगार मन्त्रालयबाट, सेवन्तक पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयबाट र रामप्रसाद आचार्यलाई गण्डकी प्रदेशबाट सरुवा गराएर ल्याएका छन् ।
शर्मा, आचार्य र नेपालसँग यसअघि पनि अर्थ मन्त्रालयमा सहसचिवका रूपमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग काम गरेको अनुभव छ । उपसचिव हुँदा अर्याल अर्थमन्त्री पौडेलका निजी सचिव थिए ।
पोखरेल राजस्व समूहका उपसचिव थिए । रामप्रसाद आचार्य पनि राजस्व समूहमा काम गरेका कर्मचारी हुन् । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख भूपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीलाई योजना आयोग पठाइएको छ ।
अर्थको प्रशासन महाशाखा प्रमुख केदार शर्मा गृह मन्त्रालय र वित्तीय व्यवस्थापन महाशाखाका रमेश केसी स्वास्थ्य मन्त्रालय पुगेका छन् । त्यसैगरी भन्सार विभागका उपमहानिर्देशक यज्ञ कोइरालालाई उद्योग मन्त्रालय र सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।