logo

अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व संकलन नबढ्ने अर्थविद् वाग्लेको दावी

    873   पटक पढिएको


४ माघ/ अर्थ र व्यापार – अर्थशास्त्री स्वर्णिम वाग्लेले अहिलेका बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढने दाबी गरेका छन् । अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनुभन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) हरुलाई हायर गरेर काम गर्ने हो भने राजस्व बढाउन सक्ने उनको धारणा छ ।
नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा अर्थविद् वाग्लेले यस्तो दावी गरेका हुन । सीएहरुलाई कहाँ कहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै उनले यसले राजस्व बढाउन सहयोग पुग्ने बताए ।
यसैगरि, अर्थविद् वाग्लेले सीएहरुलाई हायर गरेर उनीहरुको क्षमता सदुपयोग गर्न सरकारसँग आग्रह गरे । उनले विश्वभर नै आर्थिक अवस्था शंकुचनतर्फ लागेको बताए ।
नेपालमा बिप्रेषण पछिल्लो पटक बढेका कारण नेपाल डराइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । बिप्रेषणमा त्यति चाँडो परिवर्तन नआउने उनको भनाइ छ । उनले सरकारले अनुदान सोचेजति उठाउन नसकेको उनले बताए । ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताए ।
उनले राजस्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढेको बताए । नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने गरेको वाग्लेको भनाइ छ । ५३२ रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लिन सामाजिक सुरक्षामा जोडिनेको संख्या पनि निकै रहेको भन्दै वाग्लेले यसमा चासो दिने बेला भएको बताए ।
बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले चासो दिने बेला भएको भन्दै उनले अब सरकारले राजस्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने सुझाथ दिए ।
वाग्लेले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक रहेको भन्दै सम्भावना भएका क्षेत्रमा मन्त्रीले ध्यान दिनु पर्ने बताए । नेपाल बिप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि नेपालले दीर्घकालीन योजना बनाउनु पर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको सम्बन्ध सुधार हुनुपर्ने र सुमधुर हुनुपर्नेमा जोडदिंदै उनले नेपालमा कर्जा घर जग्गा र सेयरमा बढी गएको र अन्तरिक उत्पादनमा नगएको भन्दै यसमा सचेत हुन आग्रह गरे । यसैगरि,उनले उत्पादनमा कर्जा लगाउने कानूनी बाधा छन् भने ती बाधा हटाउन सरकारसँग आग्रह गरे ।
अर्थमन्त्री विष्णु पौडेल सहभागी सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, चेम्बरका बरिष्ठ उपाध्यक्ष कमलेस कुमार अग्रवाल, चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ , पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आ–आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।