logo

कर्जाको औसत ब्याजदर थप बढ्यो

    836   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार– निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ । कात्तिकमा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च विन्दुमा पुगेपनि मंसिरमा थप वृद्धि भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै गत मंसिरमा कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत पुगेको जनाएको छ ।
यसअघि गत कात्तिकमा १२.६५ प्रतिशत रहको कर्जाको भारित औसत मंसिरमा थप बढेको हो । गत मंसिरमा कर्जाको भारित औसत ब्याजदर आर्थिक वर्ष ०६९÷७० को असोज मसान्तपछि कै उच्च हो । गत पुसमा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत र असोज मसान्तमा १२.९४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
२०७८ सालको मंसिर मसान्तमा कर्जाको भारित औसत ब्याजदर ९.२९ प्रतिशत थियो । निक्षेपको भारित औसत ब्याजदर सँगै बेसरेट पनि बढ्दै जाँदा कर्जाको ब्याजदर पनि बढ्दै गएको छ । २०७८को मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ६.२४ प्रतिशत रहेकोमा २०७९ मंसिरमा ८.४६ प्रतिशत पुगेको हो ।
यसैगरि, आधार दर (बेस रेट) ८.२५ प्रतिशतबाट बढेर १०.६९ प्रतिशत पुगेको छ । यस्तै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२ प्रतिशतको लक्ष्य लिएको थियो । आर्थिक वर्षको ५ महिना सकिंदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १.६ प्रतिशतले मात्रै विस्तार भएको छ । गत असार मसान्तको तुलनामा मंसिर मसान्तमा आउँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ७३ अर्ब ३० करोडले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
जबकी गत आर्थिक वर्षको अवधिमा कर्जा ४ खर्ब २३ अर्ब १३ करोड अर्थात १०.४ प्रतिशतले विस्तार भएको छ । वार्षिक बिन्दुगत आधारमा पनि २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको ५ महिनामा निक्षेप भने २.२ प्रतिशतले वृद्धि भएको छ । गत असारको तुलनामा मंसिरमा आउँदा निक्षेप १ खर्ब ११ अर्ब १५ करोडले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप १ दशमलब ७ प्रतिशत अर्थात ७८ अर्ब ४४ करोडले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९ दशमलब ५ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।