logo

भोलीदेखि काठमाडौमा ‘ज्वेलरी फेसन शो र एक्स्पो’ हुँदै, बलिउड अभिनेत्री मल्लैका अरोरा ¥याम्पमा उत्रने

    602   पटक पढिएको


२७ पुस /अर्थ र व्यापार – नेपाल रत्न तथा आभुषण संघको आयोजनामा चौथो जेम एन्ड ज्वेलरी एक्स्पो हुने भएको छ । तीन दिनसम्म चल्ने सो एक्स्पो काठमाडौको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा हुँदै छ । संघका अनुसार भोली बिहीबार ज्वेलरी फेसन शो आयोजना हुँदैछ भने एक्स्पो आगामी शुक्रबारदेखि १ माघसम्म चल्ने छ ।
संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले ‘टकिङ नेपलिज ज्वेलरी ग्लोबली’ भन्ने मुख्य लक्ष्यका साथ यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताइन् । उनले नेपालको गर–गहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पु¥याउन ज्वेलरी फेसन शो र एक्स्पोको आयोजना गर्न लागेको जानकारि गराइन ।
ज्वेलरी फेसन शो मा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गर गहनाका साथ ¥याम्पमा उत्रिने संघले जनाएको छ । आगामी बिहीबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ गर्न लागेको संघले जनाएको छ ।
निःशुल्क रुपमा प्रवेश पाइने जेम एन्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रबार होटल याक एन्ड यतिमा १२ः ३० मा हुनेछ । एक्स्पो बिहान १० देखि साँझ ७ बजे सम्म सञ्चालन हुने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।