logo

कतारमा कार्यरत नेपाली व्यवसायीले भिन्दै परिचयपत्र पाउने

    914   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – कतारमा व्यवसाय गर्ने नेपालीले भिन्दै परिचयपत्र पाउने भएका छन् । कतारमा कार्यरत व्यवसायीलाई नेपाल आउ जाउ गर्न सहज होस भनी भिन्दै कार्ड दिने भएको हो ।
नेपाल व्यवसायी संघ कतारको आग्रहमा सरकारले भिन्दै परिचयपत्र दिने निर्णय गरेको हो । यस्तो कार्डको अवधि दुईबर्षको हुनेछ । संघले पनि चारबर्षे परिचयपत्र उपलब्ध गराउन आग्रह गरेको थियो । भिन्दै परिचयपत्र पाएका नेपाली व्यवसायी नेपाल आएर कतार फर्कदा श्रम स्वीकृति गरिरहनु पर्ने छैन ।
उनीहरुले एकैपटक दुईबर्षकालागि राजस्व रकम भुक्तानी गर्ने छन् । यसैगरि, विमानस्थलमा सोही परिचयपत्र पेश गरेकै आधारमा सहजै कतार उड्न सक्ने व्यवस्था यो परिचयपत्र बहाक व्यवसायीले पाउने सो संघले जनाएको ।
संघले तत्कालका लागि ६५ जना कतारमा व्यवसाय गर्दै आएका नेपालीलाई यस्तो परिचयपत्र उपलब्ध गराउन कतार स्थित नेपाली दूतावासलाई सिफारिश गरेको छ । दूतावासले सिफारिश गरिएको व्यक्तिको प्रमाणिकरण गर्नेछ । दूतावासले प्रमाणीकरण गरेको व्यवसायीको नाम वैदेशिक रोजगार विभागमा पठाउने छ ।
सोही आधारमा विभागले व्यवसायीलाई यस्तो परिचयपत्र उपलब्ध गराउने छ । त्यस्तै, विभागले सो परिचयपत्र विमानस्थलको अध्यागमन विभागमा पठाउनेछ ।
यसअघिको व्यवस्था अनुसार कतारमा कार्यरत व्यवसायी नेपाल आउँदा पटकैपिच्छे श्रम स्वीकृति गर्नुपर्ने व्यवस्था थियो । यसैगरि, विमानस्थलमा श्रमिकको लाईनमा बस्नुपर्ने बाध्यता थियो । विमानको विजनेस क्लासको टिकट हुँदा पनि आफनै विमानस्थलमा सो बमोजिमको सुविधा नपाउदा नेपाली व्यवसायी लज्जित हुनुपरेको संघका अध्यक्ष महेन्द्र चौलागाईले बताए ।
संघले लामो समय देखि परिचयपत्र (व्यवसाय कार्ड) प्रदान गर्न आग्रह गदै आएको थियो । कतारमा साढे तीन लाख नेपाली कार्यरत छन् । जसमध्ये २०० नेपालीले कतारमा आफैले लगानी गरी राम्रो व्यवसाय गर्दै आएका छन् ।
कतार सरकारको नीति अनुसार आप्रवासी नागरिकले ४९ प्रतिशत र स्थानिय नागरिकको ५१ प्रतिशत लगानीमा व्यवसाय गर्न पाउने व्यवस्था छ । कतारमा व्यवसाय गर्ने नेपालीमध्ये ९० प्रतिशतले निर्माण क्षेत्रमा लगानी गर्दै आएका छन् भने १० प्रतिशतले रेष्टुरेन्ट क्षेत्रमा लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।