logo

चालुपूँजी कर्जा कार्यविधिबारे खुला बहस गर्न राष्ट्र बैंक तयार छ : गभर्नर अधिकारी

    888   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा आएको बताएका छन् ।
पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले सो तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजेको बताए ।
आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले अझै केही समस्या भने रहेको स्वीकार गरे । मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणसमेत कारण समेत केही समस्या रहेको उनले बताए ।
उनले चालु पूँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा खुला बहस गर्न राष्ट्र बैंक तयार रहेको बताए । उनले भने, ‘आउनुस्, हामी खुला बहस गरौं, हामी सबै नियम भित्र बस्नु प¥यो भन्ने चाहन्छौं ।’
उनले अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताए । उनले आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैं रोकेर साध्य पनि नहुने बताए । ‘भोलिको दिनमा यो खुल्छ, विजनेशलाई राज्यले सधैं रोकेर राख्दैन’ उनले भने ।

सो कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताउँदै अधिकांश सुचकांक सकारात्मक रहेको जिकिर गरे ।
'नेपालको आर्थिक अवस्था फरक छ। अर्थतन्त्रको चरित्र फरक छ। हाम्रो अर्थतन्त्र एकैपटक माथि जाने र एकैपटक तल झर्ने हुँदैन,’ उनले भने, 'अर्थतन्त्रमा कहाँ समस्या छ ?' 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।