logo

बीमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिदकर्ताले प्रहरी प्रतिवेदन बुझाउनुपर्ने

    1226   पटक पढिएको


८ मंसिर/अर्थ र व्यापार– अब देखि बिमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिद गर्न चाहने व्यक्तिले नेपाल बिमा प्राधिकरणसँग स्वीकृति लिनुपर्नेछ । प्राधिकरणसँग स्वीकृति लिदा खरिदकर्ताको अनिवार्य रुपमा प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने भएको छ ।
प्राधिकरणले बीमा कम्पनीमा हुने सक्ने सम्पति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहीत गर्न यस्तो खालको व्यवस्था गरेको हो । प्राधिकरणले सबै बीमा कम्पनीलाई पत्राचार गरी यस्तो खालको व्यवस्था गर्न आदेश दिएको छ ।
त्यस्तै, बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्तालाई अनिवार्य रुपमा सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्न समेत निर्देशन दिएको छ ।
बीमा कम्पनीका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ती गर्दा सम्बन्धित व्यक्तिको अपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ ।
प्राधिकरणले गरेको नयाँ व्यवस्था अनुसार २५ लाख रुपैयाँ भन्दा बढी बीमाङ्क कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजपत्र पनि अनिवार्य रुपमा कम्पनीलाई बुझाउनु पर्ने भएको छ ।

त्यस्तै, मनोनित उल्लेख गर्दा सो व्यक्ति उच्च राजनैतिक भए नभएको समेत स्पष्ट पार्नुपर्नेछ । मनोनित गर्ने व्यक्तिको पहिचान खुल्ने गरी स्पष्ट कागजसहितको परिचय पत्र समेत बुझाउनु पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।