logo

कर्जाको ब्याजदर स्थिर राख्न र चालुपूँजी कर्जा मार्गदर्शन स्थगित गर्न व्यवसायीको माग

ब्याजदर विरुद्धका प्रदर्शन स्थगित गर्न महासंघको आग्रह

    1187   पटक पढिएको


२४ कात्तिक/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर स्थिर राख्न र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेको छ ।
यसैगरि, महासंघले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनलाई मध्येनजर गर्दै आफ्ना जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघहरुले चर्को व्याजदर विरुद्ध गरिरहेको विरोध प्रदर्शन रोक्न पनि आग्रह गरिएको जनाएको छ ।
महासंघले बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै सरकार र नेपाल राष्ट्र बैंकसँग यस्तो माग गरेको हो । महासंघले बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कात्तिकबाट राष्ट्र बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको भन्दै सरकारसँग यस्तो माग गरेको हो ।
महासंघले राष्ट्र बैंकसमक्ष तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनको माग गरेको जनाएको छ ।
यसैगरि, महासंघले आफ्ना जिल्ला–नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका माग र चर्को बैंक व्याजदर विरुद्ध जारि राखेका विरोध प्रदर्शनमा पनि ऐक्यवद्धता जनाएको बताएको छ ।
आगामी ४ मंसिरमा हुने निर्वाचनलाई ध्यानमा राखेर महासंघले खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको धारणा राखेर आफ्ना प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई हाल संचालित चर्को व्याजदर विरुद्धको आन्दोलन तथा विरोधका कार्यक्रम स्थगित गर्न पनि आग्रह गरेको छ ।
आगामी निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व सरकार एवं नेपाल राष्ट्र बैंकसँग संवादमा रहने प्रतिवद्धता महासंघले गरेको छ । तर, निर्वाचन पछि पनि कुनै वास्ता नगरिए महासंघले नै आन्दोलनको नेतृत्व गर्ने बताएको छ ।
केही दिनअघिबाट काठमाडौं लगायत देसका विभिन्न ठाउँमा चर्को व्याजदर विरुद्ध सडकमा उत्रिएका व्यवसायीको सो आन्दोलनमा एक्यवद्धता जनाएका मोरङका उद्योगी व्यवसायीले बुधबार पनि कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका थिए ।
मनोमानी रुपमा बैंकहरुले कर्जामा चर्काे ब्याजरदर बढाएको गुनासो गर्दै निर्वाचनको मुखमा पनि मोरङका उद्योगी व्यावसायी सडक संघर्षमा उत्रिएका थिए । चर्को व्याजदर विरुद्ध सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीले तत्काल बढेको ब्याजदर फिर्ता गर्न माग गरेका थिए ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसघंले बुधबार निकालेको सडक प्रदर्शमा सहभागी व्यवसायीले बजार परिक्रमा गर्दै नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिले उद्योग, व्यवसाय धारासायी बनेको उनीहरुको गुनासो थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।