logo

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

    960   पटक पढिएको

२४ कात्तिक/अर्थ र व्यापार – अन्तर्राष्ट्रिय मुद्रा कोष–आईएमएफ)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत र मध्यावधिपछि ५.३ प्रतिशत बनाउन सकिने प्रक्षेपण गरेको छ ।
नेपालका लागि आईएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मुद्रास्फिति ६ प्रतिशतकै हाराहारीमा स्थिर रहने जानकारी पनि दिइन् ।
अहिले विश्व ब्याजदर वृद्धि र महँगीको दबाबमा रहेको जानकारी उनले दिइन् । अहिले विश्वका सबैजसो मुलुक महँगीका कारण चिन्तित रहेको र युक्रेन युद्धले थप समस्या परेको तथ्यांक उनले पेस गरिन् ।
विश्वको कठिन आर्थिक अवस्था, युक्रेन युद्ध र चीनको अनपेक्षित रूपमा आर्थिक उन्नति नहुनुजस्ता कारणले विश्वको अर्थतन्त्रमा समस्या रहेको आईएमएफको निचोड रहेको छ ।
अमेरिकालगायतका देशमा महँगी आक्रामक तरिकाले उच्च हुँदै गएको र अझै बढ्नसक्ने अनुमान गरिएको छ । कोभिडपछिको अपूर्ण रिकभरीले अधिकांश देश थप महँगीको मारमा पर्नसक्ने आईएमएफको भनाइ छ ।
अधिकांश वस्तुको भाउ बढ्दै जाँदा विश्व अर्थतन्त्र थप अनिश्चिततातर्फ धकेलिएको पनि आईएमएफको भनाइ छ ।
कम आय भएका देशमा पनि मूल्य वृद्धि हुन सुरु भइसकेको र अझ बढ्नसक्ने आईएमएफकी आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले बताइन् । छिमेकी देशमा जस्तै नेपालमा पनि अर्थतन्त्रमा अनिश्चितता कायमै रहेको आईएमएफको भनाइ छ ।
नेपालको आर्थिक स्थिरताका लागि आर्थिक नीतिमा बृहत् सुधार आवश्यक रहेको आईएमएफले उल्लेख गरिएको छ । नेपालको आप्mनै आन्तरिक प्राकृतिक प्रकोप र जलवायुसम्बन्धी प्रकोपका कारण जोखिम उत्पन्न हुनसक्ने आँकलन पनि गरिएको छ ।
विभिन्न चुनौती रहे पनि एसियाको अर्थतन्त्र भने तुलनात्मक रूपमा राम्रो रहेको उनको भनाइ छ ।
युक्रेनमा भएको रुसको आक्रमण, मुद्रास्फीतिमाथिको फराकिलो दबाब र चीनमा अपेक्षाअनुसार आर्थिक वृद्धि नहुनुजस्ता कारण विश्वव्यापी रूपमा अर्थतन्त्रमा ठूला चुनौती ल्याएको आईएमएफको अध्ययनले देखाएको उनले उल्लेख गरिन् ।

आईएमएफले सन् २०२३ मा फराकिलो किसिमले आर्थिक मन्दी देखिने बताएको छ, जसमा विश्वको अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगट्ने देशहरू यो वर्ष वा अर्को वर्षसम्ममा थप संकुचित हुने देखिएका छन् । कोरोना महामारीपछि आंशिक रूपमा सुधार भएको अर्थतन्त्र पुनः संकुचित अवस्थामा आउने र धेरैभन्दा धेरै मानिसले आगामी वर्ष २०२३ मा आर्थिक मन्दी महसुस गर्ने आईएमएफले जनाएको छ ।
आईएमएफका अनुसार अमेरिकामा संकुचित मौद्रिक तथा वित्तीय अवस्थाका कारण आगामी वर्ष आर्थिक वृद्धि १ प्रतिशतले कम हुने प्रक्षेपण गरिएको छ ।
आईएमएफकी नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेले कोभिड–१९ को असरबाट विश्व अर्थतन्त्रमा सुधार आउँदै गर्दा भएको रसिया युक्रेन युद्धले समस्यामा पारेको बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।