logo

तिहारको चहलपहल सुरु, धनतेरसका लागि असर्फी लिन टक्सार विभागमा भीड

    1340   पटक पढिएको


३ कात्तिक/अर्थ र व्यापार – आगामी आइतबारको दिन काग तिहारबाट सुरु हुने यमपंचककालागि काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा अहिले सर्वसाधारणको बाक्लो भीड लागेको छ ।
तिहारमा धनतेरस पुज्नका लागि सुन र चाँदीका सिक्का किन्नेहरु अहिलेदेखि नै राष्ट्र बैंकमा लाइनमा बसेका हुन् । सुन्धारास्थित राष्ट्र बैंकको टक्सार विभाग धरहरा पुनर्निर्माण हुने भएपछि भत्किएको थियो । जसले गर्दा साढे २ वर्षसम्म पानीमा भिजेको मेसिनले गत चैतबाट असर्फी उत्पादन सुरु गरेर बेच्न लागिएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।
गत वर्षको तिहारमा नै बबरमहलस्थित भाडामा लिएको घरमा मेसिन जडान गरेर परीक्षणका लागि असर्फी उत्पादन गरेको भएपनि गत चैतबाट मात्रै व्यावसायिक उत्पादन सुरु गरेको उनले बताए ।
राष्ट्र बैंकले सधैं यस्तो असर्फी बिक्री गरिरहेकै हुन्छ । तर, तिहार नजिकिएपछि यस्तो असर्फीको बिक्री ह्वात्तै बढ्ने भए पनि त्यसलाई सहजीकरण गर्ने गरेको छ । सुन र चाँदीको सिक्का’ नै असर्फी हो । यो मुद्रा भए पनि चलनचल्तीमा आउने मुद्रा हैन ।
सुनलाई सिक्काको आकार दिएर बनाउने काम राष्ट्र बैंकले गर्छ । ‘असर्फी’ किन्नेहरु प्रायः उच्च र मध्यम वर्गीय परिवारका हुन्छन् । काठमाडौंमा मात्रै असर्फी बेचिने भएकाले
उपत्यकाबाहिरका सर्वसाधारणले यस्तो सुविधा पाउँदैनन् । नेपाल राष्ट्र बैंकले ३ कात्तिक बिहीबारदेखि तिहार (धनतेरस) का लागि सुन र चाँदीको असर्फी बिक्री सुरु गरेको छ ।
राष्ट्र बैंकको टक्सार विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्री सुरु भएको हो । यस्तै चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको आचार्यले बताए ।
१.५ ग्रामका असर्फी भने यस वर्ष उपलब्ध नरहेको राष्ट्र बैंकले जनाएको छ । विभागले १.५ ग्रामको असर्फी उत्पादनको लागि प्रस्तव पठाएको भएपनि राष्ट्र बैंक्को व्यवस्थापनबाट कुनै जवाफ नआएपछि यस वर्ष २.५ ग्राम, ५ ग्राम र १० ग्रामका मात्रै सुनका असर्फी उपलब्ध रहेको उनले बताए ।
उनले सुनको असर्फीको मूल्य सुनको मूल्यमा भएको घटबढ अनुसार दैनिक रुपमा तलमाथि हुने बताए । बिहीबार सर्वसाधारणले १० ग्रामको सुनको असर्फी ८२ हजार ९०२ रुपैयाँ ५ ग्रामका असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २.५ ग्रामको सुनको असर्फीको मूल्य २० हजार ७२६ रुपैयाँ पर्ने राष्ट्र बैंकले जनाएको छ । १० ग्रामको चाँदीको असर्फीको मूल्य भने १ हजार ६०० रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।