logo

मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रका लागि चुनौती, आगामी वर्ष झन कष्टकर रहने आइएमएफको प्रक्षेपण

    921   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार – विश्वव्यापी रुपमा आकाशिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलता तर्फ धकेलिएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागु गर्नु र मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ । यसैगरी, विकसीत अर्थतन्त्र भएका मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न चुक्दा त्यसको प्रभाव विकासोन्मुख अर्थतन्त्र भएका मुलुकमा देखिएको छ ।
विविध चुनौतीकाबीच सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण आइएमएफले गरेको छ । मुद्रास्फीति नियन्त्रणमा नआउनु, रुस–युक्रेन युद्धले भयावह रुप लिँदै जानु र चीनमा कोरोना महामारिको संक्रमण फैलिरहँदा चीनले अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण सन् २०२३ अझै कष्टकर रहने आइएमएफको प्रक्षेपण छ ।
सन् २०२२ को अक्टोबर महिनाको विश्व अर्थतन्त्रको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा आर्थिक वृद्धि दर अझै घटेर २.७ प्रतिशत रहने अनुमान गरेको छ । यसैगरि, आइएमएफले मुदास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदा डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने अरु देशका मुद्राहरु कमजोर हुन पुगेका छन् ।
कमजोर मुद्राका कारण विकासोन्मुख राष्ट्रहरु निकै समस्यामा परेका छन् । त्यसैगरी, युद्ध सुरु भएलगत्तै रुसले युरोप र बेलायतमा इन्धन तथा प्राकृतिक ग्यासको आपूर्ति रोकिदिँदा मूल्यवृद्धि आकाशिएको आइएमएफले जनाएको छ । आइएमएफले आफ्नो केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाउँदा सन् २०२३ मा आर्थिक मन्दी हुने सम्भावना शतप्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यस्ता नकारात्मक आर्थिक सूचकका कारण सन् २०२२ को तुलनामा नेपाल जस्तो विकासोन्मुख देसहरुका नागरिकको जीवनयापन सन् २०२३ मा अझै कष्टकर बन्ने अनुमान गरिएको आइएमएफले छ ।
मुद्रास्फीति नियन्त्रणमा आउनु अघि सन् २०२३ मा अझ बढ्ने र अन्ततः सन् २०२४ सम्ममा मुद्रास्फीति दर ४.१ प्रतिशत हुने अनुमान आइएमएफले गरेको छ । सन् २०२२ मा विकसीेत अर्थतन्त्रहरुको आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने र सन् २०२३ मा खुम्चिएर १.१ प्रतिशत रहने प्रक्षेपण आइएमएफले गरेको छ ।
यसैगरी, अमेरिकाको आर्थिक वृद्धिदर सन् २०२२ मा १.६ प्रतिशत र सन् २०२३ मा १ प्रतिशत रहने सो प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, विकासोन्मुख राष्ट्रहरुको आर्थिक वृद्धि दर सन् २०२२ मा ३.७ प्रतिशत र सन् २०२३ मा पनि वृद्धिदर ३.७ प्रतिशत नै कायम रहने आइएमएफको प्रक्षेपण छ ।
विकासोन्मुख एशियाली राष्ट्रहरुको आर्थिक वृद्धि दर सन् २०२२ मा ४.४ प्रतिशत र सन् २०२३ मा ४.९ प्रतिशत रहने सो प्रतिवेदनमा उल्लेख छ । यसैगरी, भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.८ प्रतिशत र सन् २०२३ मा ६.१ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।