logo

‘पूर्वाधार क्षेत्रको विकासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’

    1054   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरोकारवालाहरूले यसमा पूर्वाधार पत्रकारहरूको पनि विशेष भूमिका हुने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा राजधानीमा सम्पन्न गरेको ‘सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा’ सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन । उनीहरुले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक वृत्तको मेरुदण्ड भएको बताएका हुन ।
संघीय सांसद् ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य बहादुरसिंह लामाले अझै मुलुकको निर्माण उद्योगमा धेरै समस्या रहेको बताए । पत्रकारहरूले निर्माण उद्योगका समस्याका बारेमा सही तरिकाले उठान गरेमा देशलाई ठूलो राहत मिल्ने उनको भनाइ थियो । महासंघका मानार्थ सदस्य समेत रहेका लामाले राज्यले समेत निर्माण उद्योगलाई सही तरिकाले नहेरेको भन्दै दुखेसो पोखे ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आम जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेरमात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको र यस क्षेत्रमा कलम चलाउँदा पत्रकार जिम्मेवार बन्नुपर्ने बताए । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अघि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताए ।
महासंघका बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडीं), महासचिव रोशन दाहाल लगायतले निर्माण उद्योगका विषयमा वास्तविकता भन्दा बाहिरका समाचार बढी आउने गरेको तर्फ संचारकर्मीहरूको ध्यानाकर्षण गराएका थिए ।
पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले निर्माण व्यवसायी र संचाकर्मी दुवै आ—आफ्नो जिम्मेवारी बोध गरी अघि बढ्नु पर्ने बताए । कार्यक्रममा पूर्वाधारविज्ञ प्राध्यापक डाक्टर राजेन्द्र अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव चक्रवती कण्ठ, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्दै क्रमशः निर्माण व्यवसाय, निर्माण उद्योगसँग सम्बन्धित् प्रचलित ऐन कानून तथा पत्रकार आचार संहितका विविध पक्षबारे चर्चा गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सौजन्यमा सम्पन्न भएको सो कार्यक्रममा पूर्वाधार क्षेत्रमा कलम चलाउने मुलधाारका करिब ५० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।