logo

महानगरको चेतावनीपछि प्राधिकरणले १५ करोड कर तिर्न पत्र पठायो

    997   पटक पढिएको


१९भदौ/ अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले काठमाडौ महानगरको चेतावनीपछि बक्यौता १५ करोड कर तिर्न पत्र पठाएको छ । यसअघि नतिर्ने बताउँदै आएको प्राधिकरणले सम्पत्ति कर तिर्ने भएको हो ।
महानगरपालिकाले कर नबुझाउने संस्थालाई कारबाही गर्ने चेतावनी दिएपछि आइतबार विद्युत प्राधिकरणले महानगरको राजस्व विभागलाई पत्र लेख्दै नियमानुसार कर तिर्ने जनाएको हो ।
प्राधिकरणले विभिन्न लालपूर्जाको प्रतिलिपि पठाउँदै आफूले तिर्नुपर्ने सम्पत्ति कर एकिन गर्न महानगरको राजस्व विभागलाई आग्रह गरेको छ ।
महानगरको राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले प्राधिकरणले तिर्नुपर्ने सम्पत्ति करको हिसाब भइरहेको जानकारी दिए । ‘हामी प्राधिकरणले बुझाएको कागजातका आधारमा सम्पत्ति कर सम्बन्धि हिसाब गरिरहेका छौं,’ अधिकारीले भने, ‘प्रारम्भिक गणनामा करिब १५ करोड रुपैयाँ सम्पत्ति कर तिर्नु पर्ने देखिएको छ । प्राधिकरणको सबै सम्पत्ति एकिन भएपछि मात्र कति कर तिर्नुपर्छ भन्ने थाहा हुन्छ ।’
काठमाडौं महानगरले काठमाडौं फनपार्कलाई यसअघि कर तिर्न भन्दै पत्र पठाएको थियो । महानगरको पत्रपछि फनपार्कले कर तिरेको थियो । त्यस्तै महानगरलाई खाद्य संस्थानलगायतका सरकारी संस्थानहरुले सम्पत्ति कर बुझाउन बाँकी छ ।
‘राष्ट्रिय बाणिज्य बैंक, नेपाल टेलिकम, नेपाल बैंक लगायतका संस्थाले महानगरलाई नियमित कर तिरिरहेको बताउँदै अधिकारीले भने, ‘कर नतिर्ने सबै संस्थालाई कानून बमोजिम पत्र पठाउँछौं । कानून अनुसार सबैले कर तिर्नै पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।