logo

अर्थमन्त्री शर्मा फर्किएसँगै नयाँ अर्थ सचिवको खोजी

    996   पटक पढिएको

१७ साउन/ अर्थ र व्यापार –जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै नयाँ अर्थ सचिवको खोजी शुरु भएको छ ।
अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानूनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधु मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादूर देउवालाई जानकारी गराएर बिदामा बसेका थिए ।
बजेट निर्माणको दायित्व अर्थ मन्त्री र अर्थ सचिव माथि हुने भएपनि सो आरोप लागेपछि अर्थ सचिवले अर्थमन्त्रीलाई मात्रै दोषी देखाएर आफु पन्छिन खोजेका थिए । तर, सो प्रकरणमा अर्थमन्त्री माथि ११ सदस्यीय संसदीय बनाए छानविन गर्दा सीसीटिभी फुटेमा बजेट निर्माणको क्रममा अन्य व्यक्ति प्रवेश गराइएको नदेखिएपछि शर्माले सफाई पाएर पुनर्बहाली भएका छन् ।
अर्थमन्त्रीको पुनर्बहाली भएसँगै अर्थ सचिव मधु मरासिनी अर्थ मन्त्रालयमा नआएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । समस्या पर्दा आफुलाई मात्रै दोष लगाएर पन्छिएका कारण अर्थ मन्त्री जनार्दन शर्माले पनि उनलाई अर्थ सचिवको जिम्मेवारीबाट हटाएर नयाँ अर्थ सचिव ल्याउने तयारी गरेको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
मरासिनी हट्ने भएसँगै अर्थ सचिवको रुपमा डा.बैकुण्ठ अर्याल, केलव भण्डारी र हाल अर्थ मन्त्रालयमै रहेका राजस्व सचिव कृष्णहरि पुष्करको नाम चर्चामा रहेको छ । तर, अहिलेको अवस्थामा अर्थमन्त्री शर्माले भने आफ्नो पहिलो रोजाईमा डा. अर्याललाई राखेको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
‘सिनियर र अर्थको बारेमा बढी जानकार रहेका कारण अर्थमन्त्रीज्यूले डा. अर्याललाई अर्थ सचिवमा ल्याउने तयारी गर्नुभएको छ,’ अर्थमन्त्री शर्मा सम्बद्ध स्रोतले बताएको छ । तत्कालिन समयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा मधु मरासिनी अर्थ सचिव भएका थिए । तर, समस्या पर्दा उनले अर्थ मन्त्रीलाई एक्ल्याउँदै विदामा बसेपछि अर्थमन्त्री शर्माले उनलाई हटाउन लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।