logo

अर्थमन्त्री प्रकरण, अर्थको गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’

    938   पटक पढिएको

१० साउन/अर्थ र व्यापार – अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ’रिकभर’ गरेको छ । समितिका एक सदस्यहरूका अनुसार गत १४ जेठका ५० वटा भन्दा बढी क्लिप रिकभर भएका छन् ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको राती करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ । बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न नसकेपछि प्रहरीसँग यो सहयोग मागेको थियो ।
समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि १४ जेठको फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समितिको बैठकमा सीसीटीभी फुटेज हेरिएको समितिले जनाएको छ ।
यसअघि समिति सचिव सुरेन्द्र अर्यालले विज्ञहरू बोलाएर प्रतिवेदनको विश्लेषण गरिने बताएका थिए । समितिका एक सदस्यले भने प्राप्त भएका सीसीटीभी फुटेज प्रस्ट नभएको बताए । उनले भने, ’५०÷५५ वटा क्लिप रिकभर भएका रहेछन् । ती सबै क्लियर छैनन् ।’ मंगलबार बिहान केहीबेर बैठक बसेपछि स्थगित भएको थियो । मंगलबार बेलुका ४ बजे पुनः समितिको बैठक बस्ने बताईएको छ ।
सीमित व्यापारीलाई फाइदा पुग्ने गरी करका दर निर्धारण गरेको आरोप निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेपछि प्रतिनिधिसभाले छानबिनकालागि विशेष समिति गठन गरेको हो । गत २२ असारमा गठन भएको समितिले २८ असारबाट काम सुरु गरेको थियो ।
पुनः म्याद थपिएको समितिले १२ साउनभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ । समितिका सदस्यहरुबीच भिडियो क्लिपबारे आ–आफ्ना राजनीतिक दलका शीर्ष तहका नेताहरुसँग पनि परामर्श गर्ने अनौपचारिक सहमति भएको छ । नेताहरुसँग परामर्श गरेर बैठक बस्ने र त्यसपछि रिपोर्ट लेख्ने विशेष समितिको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।