logo

अबदेखि दुईथरी ब्याजदरको व्यवस्था

व्यापार,घरजग्गा र सेयर कर्जा महँगो, उद्योग र कृषिमा राहत

    997   पटक पढिएको

५ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले अबदेखि दुईथरी ब्याजदरको व्यवस्था गर्न लागेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था गर्न लागेको हो ।
पछिल्लो समय मुलुकमा देखिएको बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदरलाई दुईथरी बनाइने राष्ट्र बैंकले जनाएको छ । एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च बनाइने छ ।
पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तिमा २ प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न लागिएको हो।
कतिपय उद्योगी व्यवसायीले समेत उद्योग र अन्य क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने र औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने माग गर्दै आएका छन् । मुलुकको आवश्यकता, औद्योगिक क्षेत्रको विस्तार र कृषि उत्पादनमा आत्मनिर्भर हुन व्यापक लगानी प्रोत्साहन गर्नुपर्ने भएकाले अन्य क्षेत्रको ब्याजदर बढाएर भए पनि यी क्षेत्रमा ब्याज कम बनाउनुपर्ने दबाबमा केन्द्रीय बैंक थियो ।
व्यापार, घरजग्गा कर्जा र सेयर धितो कर्जालाई निरुत्साहन गर्न पनि ब्याजदर बढाउनै पर्ने बाध्यतामा राष्ट्र बैंक थियो । विगतदेखि नै हरेक सरकार, अर्थमन्त्री र गभर्नरहरुले ब्याजदर हेरफेर गर्ने भने पनि कसैले दुई थरी ब्याजको आँट गर्न सकेका थिएनन् ।
राष्ट्र बैंक स्रोतका अनुसार कृषि, उद्योग, साना तथा मझौला उद्यम, पुँजीगत आयात लगायतमा आधारदरमा अधिकतम २ प्रतिशत र व्यापार, घरजग्गा कर्जा, अधिविकर्ष (ओभर ड्राफ्ट) सेयर धितो कर्जा दिँदा आधार व्याजदरमा न्यूनतम ४ प्रतिशत प्रिमियमबाट कर्जाको ब्याजदर सुरु हुने गरी केन्द्रीय बैंकले नीति अघि सारेको हो ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले साना कर्जालाई कस्दै ठूला कर्जालाई (जुनसुकै क्षेत्रमा भए पनि) खुला गरिरहेका छन् । यसअघि इन्धन सवारीसाधन र विद्युतीय सवारीसाधनमा बैंकहरुले दुईथरी ब्याज लगाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।