logo

पेट्रोलियम पदार्थ ल्याउँदा प्रतिलिटर १६ रुपैयाँले घटेपनि सरकारले भाउ घटाएन

विगतको नोक्सानी थेग्न हाललाई मुल्य यथावत : निगम

    928   पटक पढिएको

२ साउन/अर्थ र व्यापार – अहिले भारतबाट पेट्रोलियम पदार्थको भाउ प्रति लिटर भारि मुल्यमा घटेर आए पनि नेपाल आयल निगमले भने यहाँका उपभोक्तालाई अझै भाउ नघटाउने भएको छ । स्वचालित प्रणाली अनुसार इन्धनको मुल्य समायोजन गर्नुपर्नेमा विगतको नोक्सानी थेग्न हाललाई घटेको आयात मुल्य नघटाएर यथावत राख्ने निणर्य गरिएको निगमले जनाएको छ ।
आइतबार निगमले विज्ञप्ति जारी गर्दै भारतले घटाएर पठाएपनि पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको जनाएको छ । निगमलाई शनिबार मात्रै भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेको भन्दै निगमले मूल्य नघटाइएको बताएसँगै अत्यधिक रुपमा बढाईएको चर्को मुल्य तिर्न बाध्य उपभोक्ता मारमा परेका छन । उपभोक्ता अधिकारकर्मीहरुले निगमको यस्तो कार्य गलत भएको बताएका छन ।
अहिले घटेर आएको मुल्य समायोजन नगरि हाललाई मुल्य यथावत गर्दा पनि समग्रमा १५ दिनको घाटा अब २ अर्ब १६ करोडमा झर्ने निगमले जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब प्रतिब्यारेल १ सय डलरमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलर भन्दा माथि थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रप र ओपेकको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको विभिन्न समाचार एजेन्सीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।