logo

सञ्चय कोषले सञ्चयकर्तालाई फाइदा हुनेगरि ब्याजदर बढायो, साउनदेखि लागू हुने

    1044   पटक पढिएको

१५ असार /अर्थ र व्यापार – कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ । आगामी १ साउनदेखि लागू हुनेगरी सञ्चय कोषले बचत र ऋण दुबैको ब्याजदर १.५ प्रतिशत विन्दुले बढाएको हो ।
कोषका कामु प्रशासक जितेन्द्र धितालले सञ्चय कोषको सञ्चालक समितिले ब्याजदर वृद्धिको प्रस्ताव पारित गरिसकेको बताए । उनका अनुसार कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १.५ प्रतिशत विन्दुले बढाएर ८ प्रतिशत पुर्याएको छ ।
कोषले आर्थिक तथा प्रशासन प्रमुख तथा सीए ठाकुरजंग थापाको संयोजकत्वमा ब्याजदर पुनरावलोकन समिति गठन गरेको छ । समितिले सिफारिस गरेपछि कोष सञ्चालक समितिले निर्णय गर्ने छ र १० दिनभित्र ब्याजदरको सिफारिस गर्ने कोषले जनाएको छ ।
चालू आर्थिक वर्षमा बचतको ब्याजदर साढे ६ प्रतिशत छ । यसैगरि, सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत विन्दुले बढेर ९.१ प्रतिशत पुगेको छ । सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत कायम गरिएको कोषले जानकारी दिएको छ ।
त्यसैगरि, जग्गा खरिद र सरल चक्रकर्जामा १०.२५ प्रतिशत कायम भएको छ । धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धित त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशतले छुट (रिवेट) दिने कोषले जानकारी गराएको छ ।
कोषको बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड) १.१ प्रतिशत रहेको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ । कोषले आर्थिक तथा प्रशासन प्रमुख तथा सीए ठाकुरजंग थापाको संयोजकत्वमा ब्याजदर पुनरावलोकन समिति गठन गरेको थियो । सो समितिले सिफारिस गरेपछि कोष सञ्चालक समितिले नयाँ ब्याजदर पारित गरेको हो ।
बजारमा तरलताको समस्या जारी रहेको र अझै केही समय हट्ने सम्भावना नदेखिएकाले आगामी आर्थिक वर्ष सञ्चयकर्तालाई दिने र उनीहरुबाट लिने दुवैको ब्याजदर बढाउनुपर्ने अवस्था देखिएको सञ्चय कोषले जनाएको छ । बजारमा तरलता संकट बढेपछि अहिले बैंकहरुले ब्याजदर बढाएका छन् ।
जलविद्युतलगायत विभिन्न परियोजनामा प्रवाह हुने कर्जाको ब्याजदर ९.७५ प्रतिशत छ । निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक र निजी व्यावसायिक प्रतिष्ठान लगायत गरी ६ लाख बढी सञ्चय कोषमा आबद्ध छन । चार वर्ष अघिसम्म बैंकिङ प्रणालीमा लगानी योग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) का कारण कोषले मुद्दती निक्षेप र परियोजना कर्जामा १२ प्रतिशतसम्म ब्याज लिने गरेको थियो ।
त्यसपछि, निरन्तर घटाउँदै लगेको छ । सञ्चय कोषले सरकारको जमानीमा साढे २६ अर्ब रुपैयाँ विमान खरिद गर्न नेपाल वायुसेवा निगमलाई ऋण दिएको थियो । कोरोना महामारीले गर्दा कर्जाको ब्याज प्राप्त भएको छैन । कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा ऋण लगानी गरेको छ ।
तामाकोसीबाट किस्ता आउन थालेको छ । कोषले १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माणधिन अवस्थामा छन् । १६० मेगावाटको लाप्चे जलविद्युत आयोजनामा ऋण लगानी सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।