logo

चिनीको मूल्य वृद्धिबारे वाणिज्य विभागले व्यापारीसँग सोध्यो स्पष्टीकरण

    1173   पटक पढिएको

३ असार/अर्थ र व्यापार – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य वृद्धिबारे व्यापारीसँग स्पष्टीकरण सोधेको छ । विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई यस्तो स्पष्टीकरण सोधेको हो ।
भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो ।
हाल अत्यधिक रुपमा बजारभाउ अकासिएर चिनीको मूल्यबृद्धिबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए ।
यसअघि चिनी उत्पादक, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग यसबार छलफल गरेको बताउँदै महानिर्देशक शर्माले भने, ‘सरकारी कम्पनीसँग चिनी नभएको पाइयो । निजी क्षेत्रका उत्पादक र व्यापारीले लागत बढेको बताएपछि कारण माग गरेका छौं ।’
व्यवसायीहरुसँग भएको छलफलको क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताए । सरकारी स्वमित्वका निकायसँग चिनी कत्ति पनि नभएको र खरिदको कुनै प्रक्रिया पनि नथालेको पाइएको विभागले जनाएको छ ।
केही दिन अघिसम्म काठमाडौं उपत्यका लगायत विभिन्न शहरका पसलहरुमा प्रति केजी ९५ रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले अश्वभाविक रुपमा भाउ बढेर प्रतिकेजी ११० रुपैयाँसम्म पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।