logo

बजेटले सेयर लगानीकर्ता र खाद्यान्नको मूल्य वृद्धिलाई समेटेन:गोल्छा

    1299   पटक पढिएको

२३ जेठ /अर्थ र व्यापार – निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट अपेक्षाअनुसार नआएको बताएका छन् । सोमबार राजश्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले अपेक्षा अनुसार बजेट नआएको बताएका हुन ।
यद्यपी बजेटले नसमेटाएका विषय नेपाल राष्ट्र बैंकको मौद्रीक नीतिले समेट्नेमा नीजि क्षेत्र रहेको उनले बताए । बजेटले ग्लोबल मार्केटमा बढेको खाद्यान्नको मूल्य समेट्ने अपेक्षा थियो । यसैगरि करिब ६० लाख हाराहारीमा रहेका सेयर लगानीकर्तालाई समेत समेट्ने अपेक्षा थियो,ु गोल्छाले भने, ुतर आफूहरूको अपेक्षा अनुसार बजेट आएन ।
यद्यपि बजेटले नीजि क्षेत्रले राखेका धेरै विषय समेटेको बताए । उनले केही राम्रा विषय समेट्दा समेट्दै धेरै कुरा छुटेको गोल्छाको भनाइ छ । विदेशी लगानीकर्तालाई आकर्षण गर्न अपार्टमेन्टमा विदेशी लगानीमा राखिएको सिमा हटाउनुपर्ने महासंघको माग छ । कोभिडबाट संकुचित बनेको अर्थतन्त्र उकास्न बजेटले होटल र पर्यटन क्षेत्रलाई प्याकेज दिइएको छ । जसले यो क्षेत्रलाई सुधार्न सहयोग पु¥याउने गोल्छाले बताए ।
यसैगरी, बजेटले ठूला उद्योगलाई जस्तै साना र मझौला उद्योगलाई समेत विधुतमा छुट दिनुपर्ने उनको माग छ । यसका साथै विधुत प्रयोग बढाउने लक्ष्य लिँदै गर्दा विधुतीय सवारीमा बढाइएको अन्तःशुल्कले विधुत खपत गर्ने लक्ष्य प्रभावित बन्ने उनले बताए ।
सो कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले तरलता र विदेशी मुद्रा सञ्चितिको समस्या साउनदेखि समाधान हुने बताए । नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै समाधान हुने बताउँदै उनले कोरोना जसरी नै सकिएर जाने बताए । यसैगरि, उनले कसरी सन्तुलित रुपमा अगाडि बढ्ने हो भनेर सरकारलाई सकारात्मक सुझाव आवश्यक रहेको बताए । ती सुझाव व्यक्तिगतभन्दा पनि देशलाई नै सहयोग हुने हुनपर्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।