logo

सरकारको नीति तथा कार्यक्रम आज ४ बजे , मुलुकको आवश्यकता र जनअपेक्षा प्राथमिक्तामा

    1266   पटक पढिएको

१० जेठ /अर्थ र व्यापार – स्थानीय तहको निर्वाचनका कारण केही ल्याउन लागिएको गठबन्धन सरकारको ‘नीति तथा कार्यक्रम’ आज (मंगलबार) संघिय संसद्मा पेश हुँदै छ ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने नयाँ बजेट भन्दा कम्तिमा पनि एकसाता अघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ मंगलबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने छिन । यहि नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्दै आएको छ ।
जसकालागि सरकारका तर्फबाट दीगो आर्थिक विकास, कोरोना महामारिपछिको पुनरुत्थान, पर्यटन, आन्तरिक श्रम व्यवस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास , कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उत्थानका कार्यक्रम समावेश गरिएको ‘नीति तथा कार्यक्रम’ मा सर्वत्र सबैको चासो हुन्छ ।
आगामी नयाँ बजेट र सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विविध विषयवस्तुका बारेमा यसअघि निजी क्षेत्र लगायत सबै सरोकारवालाहरुको सुझाव संकलन गरिएको अर्थमन्त्रालयले जनाएको छ । सोही बमोजिम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले मंगलबार संघिय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराएका थिए । सो दिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्त रूपमा बोलाइएको छ ।
राष्ट्रपति भण्डारीले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सरकारले आगामी आर्थिक वर्षकालागि विनियोजित नयाँ बजेट सार्वजनिक गर्ने छ । संवैधानिक व्यवस्था अनुसार आगामी १५ जेठमा सरकारले नयाँ बजेट सार्वजनिक गर्ने छ । नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा पाँचदिन मात्र बाँकी छ । आगामी १५ जेठमा संसद्मा प्रस्तुत हुने बजेटको सिलिङ झन्डै साढे १७ खर्ब रुपैयाँ अंक टुंगो लागेको छ । यससँगै अर्थ मन्त्रालय अहिले बजेट भाषण लेखनमा व्यस्त छ । नयाँ बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै हाल अर्थमन्त्रालयले मन्त्रालयभित्र प्रवेश गर्ने सबै ढोका बन्द गरिसकेको छ । अर्थमन्त्रालयले नयाँ बजेट सार्वजनिक हुनुभन्दा पहिले नै लिक नहोस भनेर अनावस्क मान्छेलाई छिर्न नदिन बजेट निर्माण गर्ने मन्त्रालयको ढोका बन्द गरिएको जनाएको छ ।
यसअघि बजेट लेखन समितिमा रहेकाहरुलाई सुझाव सहित राष्ट्रिय योजना आयोगले पनि आगामी अवको बजेटकालागि करिब १७ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ अर्थमन्त्रालयलाई पठाएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेटलाई जनमुखी बनाउन सक्दो प्रयास गरिएको छ । आकर्षक नाराले भरिएको जनमुखी बजेट ल्याउने क्रममा बढी प्राथमिकता दिइने क्षेत्रमा आकर्षक नारा लेख्न हाल विज्ञ समुह नै खटाइएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
आगामी बजेट निजी क्षेत्रलाई विशेष ‘फोकस’ गरि ल्याइने अर्थमन्त्री जर्नादन शर्माले बताईसकेका छन । उनले यसपालीको नयाँ बजेटमा ‘करको दर होइन दायरा बढ्छ’ भनेर निजी क्षेत्रलाई रिजाउने प्रयास गरिरहेका छन ।
आगामी नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न गठबन्धन दलहरुबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । सो बैठकमा नीति तथा कार्यक्रमलाई व्यवहारिक र समायनुकूल बनाउने विषयमा छलफल भएको बताइएको छ ।
सो छलफलमा सहभागीहरुले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय आवश्यकता, जनताको चाँहना र देसको अर्थतन्त्रमा देखिने भनिएको समस्या समाधानका लागि केन्द्रीत हुनुपर्ने सुझाव प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको बताईएको छ ।
यसैगरि, संघीय संसद र प्रदेशसभाको निर्वाचन पनि यहिवर्ष गर्नुपर्ने सरकारको कार्यसूची छ । यसअघि २०७४ सालको मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन लागेको बेला अब यो सरकारले छिटै आगामी निर्वाचनको समय तोकेर सो निर्वाचन लक्षित बजेट ल्याउन खोजेको छ ।
यसैगरि, सरकारले यो नीति तथा कार्यक्रम र आगामी नयाँ बजेट मार्फत हाल अत्यधिक मात्रामा बढेको व्यापार घाटा नियन्त्रण गरि वैदेशिक मुद्राको सञ्चिती बढाउनुपर्ने अवस्था छ । त्यसैगरि, अन्तर्राष्ट्रिय स्तरमा भएको पेट्रोलियम पदार्थको अत्याधिक मूल्यबृद्धिको मारमा परेका नेपाली नागरिकलाई ध्यानमा राख्नुर्ने हुन्छ ।
यस्ता समस्याबाट पार पाएर अघि बढ्ने गरी स्पष्ट मार्गनिर्देशन सहितको नीति तथा कार्यक्रम र बजेट आउने संकेत अर्थमन्त्री जर्नादन शर्माले गत शुक्रबार नै प्रतिनिधिसभाको बैठकमा गरेको सम्बोधनमा समेत केही संकेत गरेका थिए । उनले बढ्दो आयात घटाउन आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने बताउँदै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।