logo

फेरि इन्धनमा भारि मुल्यबृद्धि, ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढ्यो

पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि

    1117   पटक पढिएको

९ जेठ/अर्थ र व्यापार – हरेक क्षेत्रमा अकासिएको चर्को मुल्यबृद्धिको मार खेप्न बाध्य आम उपभोक्ताको ढाड सेक्नेगरि सरकारले फेरि इन्धनको मुल्यमा भारि बृद्धि गरेको छ । भारतबाट ल्याउने बेलामा नै भाउ बढेको भन्दै नेपाल आयल निगमले अहिले पुनः खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा भारि बृद्धि गरेको हो ।
आयल निगमले आइतबार राती १२ बजेदखि नै लागुहुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मुल्य बढाएको छ । निगमले गरेको यस्तो निणर्य पछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्ने भएको छ ।
यसैगरि, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर दुईसय रुपैयाँका दरले बढाएको छ । अब खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ पुगेको छ । यसभन्दा एकसाता अघि मात्र सरकारले खाना पकाउने ग्यासको मुल्य बढाएर प्रतिसिलिण्डर १६ सय रुपैयाँ पु¥याएको थियो । यसअघि प्रति लिटर पेट्रोलको मुल्य १७० रुपैयाँ , डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५३ रुपैयाँ थियो ।
यसभन्दा एकसात अघि मात्र आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य भारि मात्रामा बढाएको थियो । अहिले फेरि निगमले सोही कारण देखाउँदै आम उपभोक्ताको ढाड सेक्नेगरि यतिधेरै मुल्य बढाएको हो । निगमका अनुसार यसरी बढाईएको नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुने छ ।
निगमका सह प्रवक्ता पुष्कर कर्कीले भारतबाट ल्याउने बेलामा नै खरिदमुल्य बढेका कारण निगमले बाध्य भएर माग अनुसारको आयात धान्न नसक्ने भएपछि यसरी मुल्य बुढाउनुपरेको बताए । उनले अझै निगमलाई इन्धन आयातमा घाटा भईरहेको बताए ।
गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन लगत्तै सरकारले यो पटकसहित लगातार दुईपटक सम्म इन्धनको मुल्य बढाएको हो । आयल निगमले हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढाएको छ । निगमले बढाएको यस नयाँ मुल्य अनुसार हवाई न्धनमा १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब रुपैयाँ, डिजलमा ३ अर्ब ४० करोड रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमको दाबी छ ।
सम्बन्धीत उपभोक्ता अधिकारकर्मीहरुले सरकार यसरी बढाएको चर्को मुल्यबृद्धिले अब न्युन आय भएका सर्वसाधारण उपभोक्तालाई दैनिक भन्सा चलाउन समेत निकै कढिन हुने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।