logo

खरिद नियमावलीमा रहेको त्रुटि सच्याउन व्यवसायीको माग

    1164   पटक पढिएको

७ चैत/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सार्वजनिक खरिद ११औं संसोधित नियमावलीमा रहेको त्रुटि सच्याउन माग गरेको छ । केही प्रावधान निर्माण व्यवसायी मैत्री नभएको भन्दै त्यसलाई संसोधन गर्नुपर्ने माग व्यवसायीको थियो ।
निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटेर महासंघको भर्खरै सम्पन्न २३औं साधारण सभाबाट पारित भएको २२ बुँदे घोषणा पत्रका निर्णयहरूबारे जानकारी गराउँदै यस्तो माग राखेको हो ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटेर गत २७ देखि २९ फागुनमा सम्पन्न साधारण सभा तथा अधिवेशन पछि जारी काठमाडौं घोषणा पत्रबारे जानकारी गराएको थियो ।
व्यवसायीको मागपत्र बुझदै प्रधानमन्त्री देउवाले हालै जारी भएको सार्वजनिक खरिद नियमावली साना निर्माण व्यवसायीलाई नै हुनेगरी संसोधन गरेपनि केही त्रुटि रहेको भन्दै संशोधन गरी निर्माण व्यवसाय उद्योगलाई गतिशील बनाउने प्रतिवद्धता व्यक्त गरे । यसैगरि, देउवाले नियमावलीलाई थप संशोधन गर्न सरोकारवालाहरूसँग छलफल गरी महासंघको घोषणा पत्र कार्यान्वयनका लागि आश्वासन दिए ।
लाभग्राही समुदायबाट पाँच करोडसम्मको काम गराउने व्यवस्था हटाई सो व्यवस्थाको सट्टा सम्बन्धित जिल्लाभित्रका निर्माण व्यवसायीले मात्र ५ करोडसम्मको बोलपत्रमा भाग लिन पाउनेगरी व्यवस्था गरिनुपर्ने, क्रेडिट लाइनको व्यवस्था खारेज गरिनुपर्ने लगायतका माग व्यवसायीले अघि सारेका छन् । भेटवार्तामा महासंघ अध्यक्ष सिंहसँगै वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा, उपाध्यक्ष प्रकाश बहादुर सेठी, महासचिव रोशन दाहाल, पूर्व उपाध्यक्ष टेकबहादुर सेठी लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।