logo

पेट्रोलको मूल्य फेरि बढेर प्रतिलिटर १५५ पुग्यो

    1298   पटक पढिएको


४ चैत /अर्थ र व्यापार – सात समुन्द्रपारिको रुस–युक्रेन झगडालाई बहाना बनाएर विगत केही सातादेखि हरेक वस्तुको मूल्य बढेर मारमा परेका उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले बुधबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पुगेको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ५१ रुपैयाँ पु¥याएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेर नबढाइएको निगमले जनाएको छ । बुधबार मात्र इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार अझै निगमलाई डिजेलमा प्रतिलिटर ३२ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ घाटा रहेको छ । मट्टितेलमा भने प्रतिलिटर २४ रुपैयाँ नाफा रहेको छ ।
यो घाटाबमोजिम निगमले आगामी १५ दिनमा करिब ५ अर्ब ३० करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको बताएको छ । एक महिनामा तीनपटकसम्म बढाइएको यस नयाँ मूल्य समायोजनपछि पनि अझै आगामी १५ दिनमा ४ अर्ब ६५ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २ हजारले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ४ सय ९५ कामय गरिएको निगमले जनाएको छ । अझै मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा नै रहेको छ ।
यसअघि बुधबार दिउँसो नै नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको जनाएको थियो । निगमले भारतबाट बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।