logo

अर्थमन्त्री शर्माले अर्थमन्त्रालय चलाउन नसकेको माओवादी निकट उद्योगीको गुनासो

प्रचण्डलाई भने ‘अर्थमन्त्री दलाल पुँजीपतिका सेवक हुँदा अर्थतन्त्र ध्वस्त भयो’

    1324   पटक पढिएको

२५ फागुन /अर्थ र व्यापार – नेकपा माओवादी केन्द्रमा जोडिएका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय चलाउन नसकेको गुनासो गरेका छन् ।
नेपाल उद्योय व्यवसायी महासंघको पहिलो बैठक तथा केन्द्रीय कमिटीलाई सपथग्रहण गराउन पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई उनीहरुले यस्तो गुनासो गरेका हुन । उनीहरुले अर्थमन्त्री शर्माले अर्थमन्त्रालय चलाउन नसकेको भन्दै तिब्र आलोचना समेत गरे ।
नेपाल उद्योय व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद आचार्य र केन्द्रीकृत महासंघका अध्यक्ष श्यामराज पाठकले अर्थमन्त्री शर्मा दलाल पुँजीपतिका सेवक बन्दा अर्थतन्त्र संकटमा परेको भन्दै कडा आलोचना गरेका हुन् ।
महासंघका अध्यक्ष आचार्यले अर्थमन्त्री शर्मा र उर्जा मन्त्री पम्फा भुसालका कारण अर्थतन्त्र ‘खत्तम’ भएको भन्दै उनीहरुको तिब्र आलोचना गरे । उनले माओवादी निकट उद्योगी व्यवसायीका काम नहुने तर, माओवादीले प्रतिक्रियावादी भनेकाहरूको काम अर्थ र ऊर्जामन्त्रीले एकै बचनमा गरिदिने गरेको आरोप नै लगाए ।
यसैगरि, केन्द्रीकृत महासंघका अध्यक्ष श्यामराज पाठकले माओवादीबाट प्रतिनिधित्व गरेका अर्थमन्त्रीले अर्थतन्त्र भत्काउँदै लगेको र उत्पादनमुखि अर्थतन्त्र बनाउने सपना चकनाचुर र भताभुङ्ग बनाएको समेत आरोप लगाए ।
‘अर्थमन्त्री हाम्रो हुनुहुन्छ, कुरा उठाउनु कि नउठाउनु ?’ भनेर व्यंग्य गर्दै पाठकले भने, ‘अझै शर्मालाई अर्थमन्त्रालयको जिम्मा दिईराखे अर्थतन्त्र ध्वस्त हुने बाहेक सप्रिनेतर्फ कुनै लक्ष्यण छैन । त्यसैले अब उहाँले राजिनामा दिए हुन्छ ।’ उनले वर्तमान अर्थमन्त्रीले देसको पुँजीगत खर्च गर्न समेत नसकेको बताए ।
‘हाल देसभरका बैंकमा पैसा छैन, ब्याज बढेको छ । तर, पनि बैंकले पैसा दिन सक्दैनन् । हामी व्यवसायी हाम्रो अर्थतन्त्र बनाउने सबै सपना चकनाचुर हुँदैछ । राज्य प्रशासन नै दलाल पुँजीपतिको हातमा छ । हामी त्यसमा फसिसकेका छौं । राज्य संयन्त्र फसिकेको छ । हाम्रो अर्थमन्त्री हुनहुन्छ, भनौं कि नभनौं । अर्थतन्त्र भत्किनेबाहेक सप्रिनेतिर जाँदैन’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।