logo

मुलुकको व्यापार घाटा चुलियो ,६ महिनामा झन्डै ९ खर्ब नाघ्यो 

१० खर्ब रुपैयाँको सामान आयात

    1503   पटक पढिएको

१० माघ /अर्थ र व्यापार – पछिल्लो समय मुलुकको व्यापार घाटा दैनिक अश्वभाविक रुपमा बढेर थप चुलिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को वितेका ६ महिनाको अवधीमा मुलुकको व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । 
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा ४६ दशमलब ६४ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको सोही अवधीमा मुलुकको व्यापार घाटा जम्मा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ मात्र थियो । अहिले त्यो अवधीको भन्दा झन्डै १ खर्ब रुपैयाँले व्यापार घाटा बृद्धि भएको भन्सार विभागले जनाएको छ ।  
भन्सार विभागका अनुसार अघिल्लो आवको भन्दा चालु आवको वितेका ६ महिनाको अवधीमा कुल ७४ अर्ब ४ करोड ५५ लाख ६६ हजार रुपैयाँले देसको व्यापार घाटा बृद्धि भएको छ । दैनिक व्यापार घाटा बढ्नुको मुख्य कारण विभिन्न देशबाट नेपाल भित्रिने सामानको आयात बढ्नु नै भएको विभागले जनाएको छ ।  
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले हाल देखिएको मुलुकको व्यापार घाटाको अवस्था एकदमै चिन्ताजक रहेको बताए । उनले हरेक उपभोग्य बस्तुमा परनिर्भरता एवं आयातमुखी अर्थतन्त्रले अहिले मुलुकले यस्तो अवस्था भोग्नुपरेको बताए । पछिल्लो समय सरकारले आयात नियन्त्रणमा जोड दिएपनि अझै अपेक्षाकृत रुपमा उपलब्धी नदेखिएको उनको भनाई छ ।  
विभागका अनुसार चालु आर्थिक वर्षको वितेका ६ महिनामा गत आवको सोही अवधिको तुलनामा ५१ प्रतिशत धेरैले विभिन्न बस्तुहरुको आयात बढेको छ । आयात उच्चदरले बढेपछि यसअवधिमा व्यापार घाटा समेत साढे ४६ दशमलब ६४ प्रतिशत धेरैले बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वितेका ६ महिनाको अवधिमा नेपालले झन्डै १० खर्ब रुपैयाँको सामान तथा बस्तु आयात गरेको छ । चालु आवको वितेका ६ महिना गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार रुपैयाँ बराबरको सामान तथा बस्तु आयात गरेको देखिएको छ । 
यो तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातदर ५१ दशमलब १३ प्रतिशतले बढी हो । अधिल्लो आवको सोही अवधीमा नेपालले जम्मा ६ खर्ब ६१ अर्ब बराबरको सामान आयात गरेको थियो ।
यसैगरि, चालु आवको ६ महिनाको अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोढ ९ लाख ६० हजार रुपैयाँ बराबरको सामान निर्यात भएकोे छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात ९५ दशमलब ४८ प्रतिशतले बढेको हो । 
अधिल्लो आवको पहिलो ६ महिनामा नेपालले ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको सामान तथा बस्तु निर्यात गरेको थियो । पछिल्लो समय मुलुकको निर्यात बढेपनि अझै व्यापार घाटा एकदमै अश्वभाविक रुपमा बढेको विभागले जनाएको छ । 
यसरी अत्यधिक रुपमा मुलुकको व्यापार घाटा बढेसँगै अहिले सम्बन्धीत सरोकारवालाहरुले गम्भिर चिन्ता व्यक्त गरेका छन । उनीहरुले अब यस्मा सरकार गम्भिर नभए देसलाई आवस्यक वैदेशिक मुद्रा संचितीमा प्रभाव पर्ने र आवस्यक परेको बेला विदेशबाट ल्याउनुपर्ने अत्यावस्यक सामान ल्याउन समेत अप्ठेरो हुने अवस्था आइलाग्ने बताएका छन ।  
सो अवधीमा मुलुकको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ बराबरको भएको थियो । जसमध्ये व्यापारमा आयातको हिस्सा ८९ दशमलब ३७ प्रतिशत र निर्यातको हिस्सा १० दशमलब ६३ प्रतिशत रहेको विभागले जनाएको छ ।
हाल देशभर सञ्चालित दुई दर्जन भन्सार नाकाहरुमध्ये पाँचवटा भन्सार नाकाबाट उच्च रुपमा वैदेशिक व्यापार हुने गरेको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार कुल सञ्चालनमा रहेका २४ नाकामध्ये मुख्य पाँचवटा नाकाहरुबाट मात्रै ८० प्रतिशत बढी आयत निर्यात हुने गरेको छ । भन्सार विभागले प्रकाशित गरेको चालु आवको वितेका ६ महिना साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर भन्सार र वीरगञ्ज सुख्खा बन्दरगाह भन्सार नाकाहरुबाट सबैभन्दा धेरै सामान तथा बस्तुहरु आयात र निर्यात भएको थियो । 
जसमध्ये सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुने उत्कृष्ट भन्सारमा वीरगञ्ज भन्सार नाका पहिलो नम्बरमा रहेको छ । यो नाकाबाट सो अवधीमा कुल आयातको ३४दशमलब ८० प्रतिशत आयत तथा कुल निर्यातको ४७ प्रतिशत निर्यात भएको छ ।
यस नाकाबाट वितेको ६ महिनाको अवधिमा ३ खर्ब ४७ अर्ब ७९ करोड ७१ लाख २६ हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको थियो । यस नाकाबाट सो अवधिमा कुल ५५ अर्ब ८६ करोड ४६ लाख १३ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको थियो । 
यसैगरि, उत्कृष्ट दोस्रो स्थानमा रहेको भैरहवा नाकाबाट वितेको ६ महिनाको अवधिमा १ खर्ब ६२ अर्ब ३८ करोड ११ लाख ७५ हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको थियो । जुन कुल आयातको १६ दशमलव २५ प्रतिशत हो । सोही अवधिमा भैरहवा नाकाबाट ३९ अर्ब ५० करोड ४० लाख ८१ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको थियो । जुन कुल निर्यातको ३ दशमलब ३२ प्रतिशत हो । 
उत्कृष्ट तेस्रो नम्बरमा रहेको त्रिभुवन अन्तर्रािष्ट्रय बिमानस्थालभन्सार नाकाबाट वितेका ६ महिनाको अवधिमा १ खर्ब २३ अर्ब ९३ करोड ६२ लाख ७० हजार रुपैया बराबरको बस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १२ दशमलब ४० प्रतिशत हो । सोही अवधिमा यस भन्सार नाकाबाट कुल १६ अर्ब ८० करोड १५ लाख ९१ हजार रुपैयाँ बराबरको सामान तथा बस्तु निर्यात भएको थियो । जुन कुल निर्यातको १४ दशमलव १४ प्रतिशत हो । 
त्यसैगरि, उत्कृष्ट चौथो नम्बरमा रहेको विराटनगर भन्सार नाकाबाट सो अवधीमा कुल १ खर्ब १५ अर्ब ७७ करोड ८३ लाख ३ हजार रुपैयाँ बराबरको सामान तथा बस्तु आयात भएको थियो । यो कुल ११ दशमलव ५९ प्रतिशत हो । सो अवधिमा सामान निर्यातमा दोस्रो स्थानमा भने विराटनगर रहेको छ । यस नाकाबाट ३३ अर्ब ३७ करोड ७८ लाख ४२ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको थियो । यो कुल निर्यातको २८ दशमलब ८ प्रतिशत हो । 
सो अवधीमा सबैभन्दा धेरै वस्तु तथा सामान आयात गर्ने उत्कृष्ट पाँचौ स्थानमा वीरगञ्ज डाईपोट रहेको छ । यस डाईपोट भन्सार नाकाबाट सो अवधीमा १ खर्ब ९ अर्ब ४७ करोड ९८ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १० दशमलव ९६ प्रतिशत हो । 
त्यसैगरि, निर्यातको आधारमा उत्कृष्ट चौथो स्थानमा मेची भन्सार नाका रहेको छ । सो समयमा मेची भन्सार नाकाबाट ५ अर्ब २० करोड ९४ लाख ४२ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।  यो कुल निर्यातको ४ दशमलब ३२ प्रतिशत रहेको भन्सार विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।