logo

ग्वार्कोमा बन्ने भयो चार लेनको फ्लाइओभर , आशिष समानान्तर रेलिगर जेभीले पायो ठेक्का 

    1684   पटक पढिएको

५ माघ /अर्थ र व्यापार– ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभर निर्माणकालागि ठेक्काको जिम्मा एम–एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले बुधबार एक आशयपत्र जारी गर्दै सो निर्माण कम्पनीले जिम्मा पाएको जनाएको छ ।
सडक विभागको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले सो फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण हुने सम्झौता भएको आशयपत्रमा उल्लेख छ । सो फ्लाइओभर निर्माणका लागि केन्द्रले गत असारमा निकालेको ठेक्कामा ९ वटा निर्माण कम्पनीको आवदेन परेका थिए ।
जसमा एमआर भीम÷सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा÷गोल्डेन गुड जेभी, सूर्य÷भ्याली÷विकास÷ब्रदर्स जेभी, एलिट कन्स्ट्रकसन, अनक÷श्रेष्ठ जेभी, तुन्दी÷रसुवा÷रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष÷समानान्तर गरी ९ कम्पनीले आवेदन दिएका थिए ।
विभिन्न ९ कम्पनीमा ८ कम्पनीले दिएको आवेदनको तुलनामा आशिष समानान्तरको सबैभन्दा कम आर्थिक प्रस्ताव पेश भएकाले सो ठेक्का यो निर्माण कम्पनीले पाएको केन्द्रले जनाएको छ । सम्झौता अनुसार कम्पनीले ग्वार्खोमा चार लेनको फ्लाइओभर बनाउने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।