logo

तनहुँका उद्योगमा ९ अर्ब २१ करोड लगानी, ३३ हजारलाई रोजगारी

    1479   पटक पढिएको

२६ पुस/अर्थ र व्यापार – अहिले तनहुँमा सञ्चालित विभिन्न उद्योगमा ९ अर्ब २१ करोड रुपैयाँ लगानी रहेको छ । सो लगानीमा सञ्चालित विभिन्न उद्योगहरुमा गरि करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । 
जिल्लामा सञ्चालनमा रहेका १० हजार ४२१ उद्योगमाहाल करिब ३३ हजारजना मानिसले रोजगारी पाएका हुन् । तनहुँमा सञ्चालनमा रहेका उद्योगमा ९ अर्ब २१ करोड रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।
प्रत्येक उद्योगमा करिब १० लाखका दरले लगानी भएको तथ्यांक रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म ११ हजार १६२ वटा उद्योग दर्ता भएका मध्ये १० हजार ४२१ वटा उद्योग सञ्चालनमा रहेका छन् । चालू आर्थिक वर्षमा मात्रै एक हजार ९ वटा उद्योग दर्ता भएका छन् ।
पछिल्लो समय महिलाको नाममा फर्म दर्ता एवं नामसारी गर्नेको संख्या ९० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । अहिले पनि दैनिक १५ देखि ३० जना नयाँ फर्म दर्ताको लागि यस कार्यालयमा पुग्ने गरेका छन् । महिलाको नाममा फर्म दर्ता गरि उद्योग सञ्चालन गर्ने क्रममा बैंकले उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाममा फर्म दर्ता गर्नेको संख्या बढेको सो कार्यालयले छ ।
कृषिजन्य, पशुपंक्षीजन्य, फर्निचर लगायतका उद्योगको संख्या पनि बढिरहेका छन् । साना उद्योगकालागि घरेलु कार्यालयमा दर्ता गरिए पनि १५ करोड देखि ५० करोड रुपैयाँसम्मका उद्योग विभागमै दर्ता हुने प्रावधान छ ।
यसरी उद्योग दर्ता गर्नेहरुको चाप बढेसँगै अहिले घरेलु कार्यालयले अनलाइन दर्ता प्रक्रियालाई समेत अघि बढाएको छ । तथ्यांक सुरक्षित राख्न डिजिटलाइजेसन गरिएको छ । उनले भने, ‘शुरुमा काम गर्न समय लाग्ने र झन्झटिलो जस्तो देखिएपनि पछि खोजेको समयमा सहज, छिटो र काम गर्न सजिलो हुनेछ ।’ उनले विगतका वर्षहरुको तुलनामा अहिले महिनाको नाममा उद्योग दर्ता र नामसारी गर्नेहरुको संख्या निकै बढेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।