logo

बन्दरगाह भन्सार कार्यालयमा पनि विद्युतीय भुक्तानी, एनसीएचएलले थाल्यो सेवा

    1397   पटक पढिएको

४ पुस /अर्थ र व्यापार – नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ । भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महशुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्तानी प्रणालीको परीक्षण गरिनेछ । त्यसपछि अब सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

यस प्रणाली प्रयोग गरी प्रयोगकर्ताले आफूलाई उपयुक्त कुनै भुक्तानीका उपकरणमा आबद्ध भई आफ्नो बैंक खाताबाट सिधैँ विद्युतीय रुपमा भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको सञ्चालककर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी सो प्रणालीको विकास गरिएको हो ।


प्रयोगकर्ताले भन्सारमा प्रज्ञापनपत्र राजस्व भुक्तानीका लागि तयार अवस्थामा पुगेपछि भुक्तानी प्रणालीमार्फत प्रज्ञापन–पत्रको साधारण विवरणहरु (भन्सार कार्यालय कोड, वर्ष, प्रज्ञापनपत्र सङ्केत र प्रज्ञापनपत्र नं) प्रविष्ट गरी भुक्तानी हुनु पर्ने रकमको विवरण हेरी, यकिन गरी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यसको प्रयोगबाट व्यवसायीले तथा भन्सार एजेन्टले राजस्व दाखिलाको लागि नगद बोक्नुपर्ने, चेक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था धाउनुपर्ने लगायतका समस्याबाट मुक्त हुनेछ । यो प्रणालीबाट इन्टरनेट सेवा पहुँच भएका कुनै पनि स्थानबाट सहजै राजस्व भुक्तानी गर्न सक्नेछन् । भन्सार विभागले आगामी माघ महिनाभित्रै सबै भन्सार कार्यालयमा यो प्रणाली कार्यान्वयन गर्ने गरी कार्य अघि बढाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।