logo

हस्तकला महासंघको स्वर्ण महोत्सव,  सरकारलाई स्वदेशी हस्तकला प्रयोग गर्न उपराष्टपतिको आग्रह

    1508   पटक पढिएको

२९ मंसिर/अर्थ र व्यापार– नेपाल हस्तकला महासंघ ५० औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्वर्ण महोत्वस बर्षभरी विभिन्न प्रवद्र्धनमुलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ । 
मंगलबार काठमाडौंमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १० औंं हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन । 
उनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तराष्र्टिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । यसैगरि, उनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रह समेत गरे । उनले नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिए । 
उपराष्टपति पुनले भने,‘नेपाल सर्बोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिदै आएको छ, यसमा  हस्तकलासमेत थपिएको छ, नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सम्वद्र्धसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ  जुन हाम्रा लागि गौरवको कुरा हो ।’
नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्र्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले महासंघले स्वर्ण वर्षभरी हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाईन विकास र सीप हस्तान्तरण सम्बन्धी तालिम संचालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमुलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्काशन गर्ने जानकारी दिए । 
यसैगरि, उनले हस्तकलाले खेलेको भूमिकाबारे निवन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्व पदाधिकारी तथा सदस्यलाई क्रमश सम्मान गर्दै जाने, बृक्षारोपणका कार्यक्रम संचालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने रहेको पनि बताए । 
हस्तकला महासंघका उपाध्यक्ष तथा हस्तकला स्वर्ण वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए । उनले महासंघले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठवर्ष वितिसक्दा पनि नीति कार्यान्वयन नआएको उनले गुनासो समेत गरे । कोरोना प्रभाव, कच्चा पदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षा लगायतका कारण नेपाली हस्तकला संकटबीच गुज्रिरहेको धारणा राखे ।  
महासंघका बरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताए । सो अवसरमा महासंघका संस्थापक अध्यक्ष सागरसमशेर राणा, महासंघका संस्थापक सदस्य मोतिलाल सिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा, नरेशलाल श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष शाक्यका अनुसार ४९ औं वर्षको यात्रामा महासंघले हस्तकला क्षेत्रको दीगो विकासका लागि विभिन्न कार्यक्रम सचालन गरेको छ । हस्तकलाको अन्र्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि सरकारको सहयोगमा अमेरिकाको न्यूयोर्कमा प्रोडक्ट अफ नेपाल(पोन) नामक कम्पनी स्थापना र संचालनमा महत्वपूर्ण भूमिका खेलेको थियो । समान उद्देश्यका अन्तराष्ट्रिय संघ संस्थासँग भातृत्वपूर्ण सम्बन्ध विकास गर्ने क्रममा महासंघले विश्वकला परिषद (वल्र्ड क्राफ्ट काउन्सिल)को सन् १९९० मा सदस्यता लिई परिषदबाट संचालन हुने कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ । 
परिषदको एसिया प्रशान्त क्षेत्रको सम्मेलन महासंघले काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको थियो । महासंघका अनुसार संगठनलाइ देशव्यापी बनाउन हस्तकला संघलाई २०६३ सालमा नेपाल हस्तकला महासंघमा परिणत गरिएको थियो । हाल १७ जिल्ला संघ, १२ वस्तुगत संघ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये एकहजार सातसय क्रियाशिल सदस्य रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।