logo

वालेट सेवा सञ्चालन गर्दै आयल निगम

    1105   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार – नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागि निगमले सो सेवा सञ्चालन गर्न लागेको हो । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
वालेट सेवा सञ्चालनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि गरिसकेको निगमको भनाइ छ । वालेट सेवा सञ्चालन गर्ने अनुमतिको विषयमा केन्द्रीय बैंक सकारात्मक भएपछि निगम यसको तयारीमा अघि बढाएको हो ।
अहिले निगमको इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) परियोजना कार्यान्वयनको चरणमा छ । सो परियोजनालाई ५ वटा सेगमेन्टमा विभाजन गरिएकोमा ३ वटा सेगमेन्ट अहिले व्यवसायिक प्रयोगमा गइसकेको छ । बाँकी २ सेगमेन्टमध्ये डिजिटल भुक्तानीअन्तर्गत यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको निगमले जानकारी दिएको हो ।
निगमका अनुसार मोबाइल एप्लिकेसनमार्फत् सञ्चालन हुने यो प्रणाली कार्यान्वयनमा आएपछि सो एपमार्फत् घरमै बसेर ग्यास अर्डर गर्न, बाटोमा हिँड्दा पेट्रोल पम्पको लोकेसन पत्ता लगाउन सकिने व्यवस्था गरिनेछ ।
यो परियोजना अबको ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने तयारी गरेको निगमले जानकारी दिएको छ । वालेट सेवा सञ्चालनका लागि निवेदन दिएसँगै छलफल सकारात्मक भएकाले छिटै आवेदन दिने तयारी गरेको निगमको भनाइ छ ।
वालेट सेवा सञ्चालनको गर्ने अनुमति दिन राष्ट्र बैंक सकारात्मक भएपछि यसको तयारीमा अघि बढेको निगमले जानकारी दिएको छ । निगमले वालेट सेवा सञ्चालनमा ल्याए पनि अरु सेवा प्रदायकजस्तो व्यावसायिक भुक्तानी प्रयोजनका लागि भने यसको प्रयोग हुने छैन । तर, निगमलाई पम्प तथा ग्यास बोटलिङ प्लान्ट कम्पनीलगायतले भुक्तानी गर्नुपर्दा तथा आम ग्राहकले पेट्रोलपम्प तथा बिक्रेतालाई भुक्तानी गर्नुपर्दा यो एपको प्रयोग गर्न सकिन्छ । अब उपभोक्ताले पम्पबाट इन्धन खरिद गरेपछि डिजेल पेमेन्ट गर्न सक्नेछन् ।
अहिले राष्ट्र बैंकले यस्तो भुक्तानीमा सीमा निर्धारण गरेको छ । 
वालेट सेवा प्रदान गर्दा भुक्तानीको सीमाले समस्या हुनसक्ने भएपछि यसको नीतिगत सुधारका लागि समेत राष्ट्र बैंकसँग छलफल गरिरहेको निगमले बताएको जानकारी दिएको छ । राष्ट्र बैंकबाट समयमै अनुमति पाएसँगै ३ महिनाभित्रै यो कार्यान्वयनमा जाने गरी तयारी गरेको निगमको भनाइ छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।