logo

राष्ट्र बैंकको अधिकारमाथि अर्थमन्त्रीको हस्तक्षेप, ब्याजदरका विषयमा बोलाए २७ वटा बैंकका सीईओ

    1275   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको अधिकार क्षेत्रमाथिको हस्तक्षेपलाई निरन्तरता दिएका छन् । अर्थमन्त्री शर्माले बैंकिङ क्षेत्रको तरलताको विषयलाई लिएर २७ वटै बैंकका कार्यकारी प्रमुखहरूलाई (आज) शुक्रबार भेट्ने गरी बोलाएका हुन् । 
अहिले बैंकहरुमा तरलता अभाव बढ्दै गएको तथा ब्याजदर बढ्ने संकेत देखिएपछि अर्थमन्त्री शर्माले बैंकका सीईओहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर यस्तो अवस्थाको बारेमा जानकारि लिन लागेका हुन् ।
उनको यस्तो कदमले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिरहेको काममा सोझै हस्तक्षेपको प्रयास अर्थमन्त्री शर्माले गरेको देखिन्छ । कुनै पनि ठोस विषयमा राष्ट्र बैंकका गभर्नर मार्फत मौद्रिक नीति अनुसार विधिसम्मत ढंगले मात्र निर्देशन दिन सक्ने व्यवस्था छ । 
हाल मौद्रिक नीतिको समेत समीक्षा गर्ने तयारी भइरहेका बेला विभिन्न बैंकहरुका सीईओ र राष्ट्र बैंकका गभर्नरलाई बोलाइनुलाई निकै अर्थपूर्णरुपमा हेरिएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले यो अर्थमन्त्री शर्माको हस्तक्षेपकारी नीत भएको बताएका छन ।  
अहिले वाणिज्य बैंकहरू ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । ऋण मिल्ने रकम (तरलता) को अभाव भएपछि बैंकहरूले ऋण स्वीकृतिको गति घटाएका छन् । नेपाल बैंकर संघले सार्वजनि गरेको तथ्यांक अनुसार पनि कात्तिक तेस्रो सातासम्ममा जम्मा ७ अर्ब ऋण स्वीकृत भएको छ । 
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा ४ करोड र १२ करोडको सीमा तोकेको थियो । जुन हटाउनका लागि अर्थमन्त्री मार्फत सेयर लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नरलाई दबाब दिइरहेका छन् । 
मौद्रिक नीति सार्वजनिक भएपछि अर्थमन्त्री रुष्ट छन् । साउन अन्तिममा मौद्रिक नीतिमा सीसीडी रेसियो हटाएर कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो । गभर्नर अधिकारीमाथि सुरुदेखि नै अविश्वास गर्दै आएका शर्माले पछिल्लो बैंकका प्रमुख कार्यकारीलाई आफै भेट्न खोजेका छन् । यही अविश्वासका कारणले गर्दा गभर्नर र अर्थमन्त्रीको सम्बन्ध राम्रो छैन। 
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले राष्ट्र बैंकको नीतिले बैंकहरूको नियमन गर्ने भएकोले अर्थमन्त्रीले हस्तक्षेप गर्न नमिल्ने बताउँछन् । ‘के विषयमा बोलाउनु भएको हो खुल्दै जाला तर कुनै पनि विषयमा अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन,’ महतले भने । बैंकको विषयमा कुनै पनि मन्त्रीहरूले राजनीतिक भाषण तथा निर्देशन दिन नमिल्ने पूर्वअर्थमन्त्री महतले बताए। 
अर्थमन्त्री शर्माले यसअघि पनि राष्ट्र बैंकको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै विभिन्न निर्देशन दिएका थिए । ब्याजदर, मौद्रिक नीतिका व्यवस्थालाई काउन्टर दिनेगरी अर्थमन्त्री शर्माले निर्देशन तथा कार्यक्रममा भाषण दिँदै हिँडेका थिए।  
चाडपर्व र व्यापार व्यवसायको ’अफ सिजन’ बाहेक साप्ताहिक रुपमा १५ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह हुने बैंकिङ प्रणालीबाट पछिल्लो साता भने कमी आएको छ । 
पछिल्लो समय तरलता संकटमा परेका बैंकहरूमा ऋणको माग बढ्दै गए पनि निक्षेप भने घट्दै आएको छ । पछिल्लो तीन हप्तामा निक्षेप संकलनमा गिरावट आएको छ । कात्तिकका तीनवटै हप्तामा निक्षेप घटेको छ । पहिलो सातामा २० अर्ब निक्षेप घटेको थियो। त्यस्तै दोस्रो सातामा २ अर्ब घटेको निक्षेप तेस्रो हप्ता ९ अर्ब घटेको छ । ऋण भने कात्तिक पहिलो साता मात्र १ अर्ब घटेको थियो। पछिल्ला दुई सातामा क्रमशः २० अर्ब र ७ अर्ब रुपैयाँ गएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।