logo

सरकारले दिएको अवसरको मौकाछोपेर विदेशमा बस्नेले समेत धमाधम छुटमा नवीकरण गरे कम्पनी

    1074   पटक पढिएको

१७ कात्तिक / अर्थ र व्यापार – सरकारले लामो समयसम्म नवीकरण नभएका कम्पनी नवीकरणमा छुुट दिएसँगै विदेशमा भएकाले समेत कम्पनी नवीकरण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत आगामी पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी नवीकरण गर्नेको भिड लागेको छ ।
सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५ / ०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले आगामी पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिएको थियो ।
सोही व्यवस्था अनुसार विदेशमा रहेकाले समेत धमाधम छुटमा आफ्नो नाममा दर्ता भएका कम्पनी नविकारण तथा दर्ता गर्न स्वदेश आएको पाइएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।  कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदिपराज अधिकारीले सो जानकारि गराएका हुन । उनका अनुसार सरकारले छुट दिएपछि धेरै पुरानो कम्पनीहरु नवीकरण गर्न आएका छन् । नवीकरण गर्न आउने अधिकांश कम्पनीका सञ्चालक विदेश भएका, कम्पनीको नाममा धेरै जग्गा रहेको र ठूलो रकम जरिवाना भएका धेरै कम्पनीहरु नवीकरण भएका छन् ।
उनले विस २०२० सालदेखि नवीकरण नभएका कम्पनीहरु छुटमा कम्पनी नवीकरण गर्न आएको जानकारी दिए । कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांक अनुसार सोमबारसम्म १३ हजारभन्दा बढी कम्पनीले छुटको सुविधा लिइसकेका छन् । जसबाट ३४ करोेड बढी राजश्व संकलन भएको छ । 
कम्पनी ऐनमा तोकिएको म्यादभित्र विवरण, सूचना–जानकारी वा जवाफ उपलब्ध नगराउँदा प्रत्येक वर्ष ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको छ । ऐनले कम्पनीको चुक्ता पुँजी र विवरण नबुझाएको समयावधि अनुसार जरिवानाको व्यवस्था गरेको छ । 
सुविधा लिनका लागि कम्पनी ऐन २०६३ ले तोकिएका विवरण अनिवार्य रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनु पर्ने हुन्छ । ऐनको दफा ८१ मा बुझाउनुपर्ने विवरण नबुझाएमा कारबाही हुने व्यवस्था छ ।
कम्पनीहरूले ऐनको दफा ५१, ७८, १२०, १३१ र १५६ अनुसारका विवरण, सूचना, जानकारी वा जवाफ रजिस्ट्रार कार्यालयमा बुझाउनुपर्छ । तोकिएका विवरण तोकिएको समयमा नबुझाएमा कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीलाई रजिस्ट्रारले कम्पनीको पुँजी र बिलम्ब भएको समय हेरी न्यूनतम एक हजारदेखि वार्षिक २० हजार रूपैयाँसम्म नगद जरिवाना गर्ने व्यवस्था छ ।
ऐनको दफा १३६ मा लगातार ३ वर्षसम्म कम्पनीहरूले वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन वार्षिक साधारणसभाबाट पास भएको ३० दिनभित्र रजिस्ट्रारको कार्यालयमा नबुझाएमा वा विवरण नबुझाए बापत तिर्नुपर्ने जरिवाना नतिरेमा कम्पनी खारेज गर्ने व्यवस्था छ । तर, रजिस्ट्रारको कार्यालयले कम्पनीको खारेज नगर्दा धेरै कम्पनीहरूले लामो समयदेखि जरिवाना रकम तिरेका थिएनन् ।
तीन महिनामै ९ हजार कम्पनी दर्ता
कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८ / ७९ को वितेका तीन महिना गत साउनदेखि असोज मसान्तसम्ममा ९ हजार ७ सय ९४ नयाँ कम्पनी दर्ता तथा नवीकरण भएका छन् ।  पछिल्लो समय सरकारले पुरानो कम्पनी नवीकरणमा छुट दिएसँगै उद्योग दर्ता तथा नवीकरणमा बृद्धि भएकोे छ । गत आर्थिक वर्षको तीन महिनामा ७ हजार कम्पनी दर्ता भएका थिए । 
गत वर्षकोे तुलनामा हाल ३० प्रतिशतले नयाँ दर्ता गर्नेको संख्यामा बृद्धि भएको छ । कार्यालयको तथ्यांक अनुसार तीन महिनामाा ४ हजार ३६६ कम्पनीले वार्षिक विवरण पेश गरेका छन् भने १ हजार ९ सय ६७ कम्पनीले सेयर खरिद तथा बिक्री गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।