logo

बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर, विश्वका प्रमुख २० अर्थतन्त्रका नेताबीच सहमति

    1024   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति भएको हो ।
बहुर्राष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने विषय बाहिर आइरहेको बेला २० देशका नेताहरुले सो सम्झौता अनुमोदन गरेको बीबीसीले उल्लेख गरेको छ । 
अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने बताइएको छ । अमेरिकी अर्थमन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षण रहेको र यसले  कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्नेुु बताएकी छन् । 
उनले ट्विटरमा लेख्दै भनेकी छन्, ‘अमेरिकाका ठूला कम्पनीहरूले बढी कर तिर्नुपर्ने भए पनि अमेरिकी व्यवसाय र श्रमिकहरूलाई कर सम्बन्धी सम्झौताबाट लाभ हुन्छ ।’ इटलीको रोममा जारि विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले सो सम्झौतामा सहमति जनाएका हुन् । 
तर, १९ वटा राष्ट्र र युरोपेली संघ सदस्य रहेको जी–ट्वेन्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी भएका छैनन् । चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सो सम्मेलनमा भिडियो लिंक मार्फत सहभागिता जनाएका हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।