logo

निर्माणमैत्री कानुन बनाउन महासंघको आग्रह 

    1203   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डले सरकारसँग हाल संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरिद ऐन–२०६३ र मस्यौदाको रूपमा रहेको निर्माण व्यवसाय ऐन–२०५५ लगायतका निर्माणसँग सम्बन्धित कानुनहरू निर्माण क्षेत्रमैत्री हुनेगरी संशोधन गर्न आग्रह गरेका छन् । 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई भेटेर महासंघका प्रतिनिधि व्यवसायीले यस्तो आग्रह गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री यादवसमक्ष निर्माण व्यवसायीहरूको समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको थियो । यसैगरी, महासंघले विभागीय मन्त्रीको रूपमा यादवको सफल कार्यकालका लागि बधाईसहित शुभकामना व्यक्त गरेको जनाएको छ ।  
महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धिलगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री यादवलाई बुझाएको थियो । हाल संघीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका निकायहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्देशिकाविपरीत आफूखुसी क्राइटेरियामा निश्चित मापदण्डमा आर्थिक मिलोमतो गरी आफू अनुकूल हुनेगरी राखिएकाले यस्ता सर्तहरू तोकिने प्रथाको अन्त्य गर्नका लागि संघीय सरकारबाट तत्काल सम्बन्धित निकायलाई निर्देशन गरिनुपर्ने माग महासंघले राखेको छ । 
भेटको अवसरमा मन्त्री यादवले विकास निर्माणका कामहरू तोकिएको समयमा नै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्ने बताइन् । यसैगरी, उनले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित निकायहरू आआफ्नो कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताइन् । निर्माण व्यवसायीहरूलाई काम दिइने पुरानो परिपाटीमा सुधार आवश्यक भएको मन्त्री यादवको भनाइ थियो । निर्माण क्षेत्रमा आएका समस्या समाधानका लागि सूक्ष्म अध्ययन आवश्यक भएको बताउँदै मन्त्री यादवले आफूले व्यवसायीको समस्या सम्बोधन गर्न सक्दो सहयोग गर्ने बताइन् । 
सो भेटमा महासंघका अध्यक्ष रवि सिंहसँगै सल्लाहकार गेल्जे शेर्पा, एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, उपनिर्देशक आशित अधिकारी र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी सहभागी भएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।