logo

निर्जीवन बीमा कम्पनीले तीन महिनामै उठाए ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम 

    1114   पटक पढिएको

९ कात्तिक / अर्थ र व्यापार – कोरोना महामारिको कहर विस्तारै कमहुँदै मुलुकको आर्थिक गतिविधी चलायमान भएसँगै  निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८÷०८९ को वितेका तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन ।  चालु आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।
यो रकम गत आर्थिक वर्षको तुलनामा २७ दशमलब ८८ प्रतिशतले बढी हो । यि बिमा कम्पनीहरुले गत आव २०७७÷०७८ को असोज मसान्तसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेका थिए । नियामक निकाय बीमा समितिका अनुसार हाल सञ्चालित विभिन्न २० बिमा कम्पनीहरुले गत असोजसम्ममा ७ लाख ३० हजार ९९७ वटा बीमालेख बिक्री गरी कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् । 
जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम रकम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । सो कम्पनीले चालु आवको वितेका तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकल गरेको हो । यो अवधिमा यस कम्पनीले ६७ हजार ९७ वटा बीमालेख बिक्री गरिसकेको बिमा समितिले जनाएको छ ।
समितिका अनुसार सो अवधीमा सबैभन्दा बढी संख्यामा बीमालेख बिक्री गर्ने कम्पनीहरुमा नेको इन्स्योरेन्स अघि रहेको छ । सो इन्स्योरेन्सले चालु आवको वितेका तीन महिनाको अवधीभित्रमा कुल ८१ हजार ५५६ वटा बीमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो कम्पनी बीमाशुल्कको आधारमा भने विगतका वर्षहरुमा झैं तेश्रो स्थानमा रहेको छ ।
यसैगरि, सबैभन्दा बढी बीमाशुल्क संकल गर्ने बिमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स दोश्रो स्थानमा रहेको छ । सो इन्स्योरेन्सले ६६ हजार ९४० वटा बीमालेख जारी गरी कुल ९० करोड ६७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बीमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स , एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनवटा इन्स्योरेन्स कम्पनीहरुले क्रमशः ६३ हजार वटा , ५४ हजार वटा र ३८ हजार वटा बीमालेख बिक्री गरिसकेका छन् ।
यस अवधीमा सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा कम्पनी लिमिटेड र यूनाईटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा रहेको देखिएको छ । यी दुईवटा बिमा कम्पनीले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बीमा कम्पनी केही अघि रहेको छ भने सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा यूनाईटेड इन्स्योरेन्स निकैले अगाडि पर्न सफल भएको समितिले जनाएको छ ।
त्यसैगरि, ४० करोड भन्दा बढी प्रिमियम रकम उठाउने बिमा कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स रहेका छन् । यी दुईवटा बिमा कम्पनीले सो अवधीमा क्रमशः ४२ करोड ४६ लाख रुपैयाँ र ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ । समितिका अनुसार न्युनतम ३० करोड र अधिकतम ४० करोड रुपैयाँसम्म बीमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरुमा ७ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । 
जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल तथा नेपाल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सले क्रमशः ३६ करोड ३७ लाख रुपैयाँ र ३६ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसैगरी, ३४ करोड ९ लाख रुपैयाँ प्रिमियम उठाएको नेपाल इन्स्योरेन्सलाई काउन्टर दिँदै एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३४ करोड २ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । 
त्यसैगरि, ३० करोड रुपैया भन्दा कम बीमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरुमा तीनवटा कम्पनी नेशनल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा न्युन अर्थात २२ करोड ३७ लाख रुपैयाँ बराबरको मात्र प्रिमियम उठाएको समितिले जनाएको छ । 
समितिका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले लामो समय भोग्नुपरेको कोरोना महामारिको कहर विस्तारै कमहुँदै मुलुकको आर्थिक गतिविधी चलायमान भएसँगै हाल निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा यतिधेरै बीमाशुल्क तथा प्रिमियम संकलन गर्न सफल भएको बताए । उनले यो अवधीमा संकलन भएको प्रिमियम रकम अपेक्षा गरिएको भन्दा राम्रो नै भएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।