logo

दशैंका लागि काठमाडौं भित्राइयो खसीबोका, शनिबारदेखि बिक्री

    1665   पटक पढिएको

२२ असोज / अर्थ र व्यापार – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ । बिहीबार तीनवटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणिराज खनालले जानकारी दिए । दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा खसीबोका काठमाडौं आइपुगेको उनले बताए । थप आउने क्रममा रहेको उनले बताए ।
कम्पनीले शुक्रबार बैठक बसेर जिउँदो खसीबोकाको मूल्य तय गरेर शनिबारदेखि बिक्री थालिने उनले बताए । बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा कम्पनीले खसीबोका बिक्री गर्ने छ । बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म छ ।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्यांग्रा  बिक्री गर्दै आएको छ । तर, यस वर्ष भने खसीबोका मात्रै बिक्री गर्ने कम्पनीले जनाएको छ । महँगो भएकाले यस वर्ष च्यांग्रा बिक्री नगर्ने कम्पनीले जनाएको छ ।
गत वर्ष दुई हजार खसीबोका बिक्री गरेको कम्पनीले यस वर्ष तीन हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा २ हजार खसीबोका ल्याउने र माग बढेमा भए थप एक हजार खसीबोका खरिद गर्ने कम्पनीले जनाएको छ । खसीबोका र च्यांग्रा खरिदका लागि कम्पनीले यो वर्ष ६ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । बदशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख केजी भन्दा बढी मासु खपत हुने अनुमान छ ।
चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ स्थानबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।