logo

अर्थमन्त्री समक्ष एमाले सांसदको प्रश्न : कालोधनलाई सेतो पार्ने कहाँको क्रान्तिकारी हो ?

    1305   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै विरोध गरेका छन् ।
सोमबार राष्ट्रिय सभामा समय लिएर बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अघिको कर मिनाहा हुने प्रावधान रहेको र त्यो आपत्तिजनक रहेको बताए ।
उनले भने,‘अर्थमन्त्री बडा क्रान्त्रिकारी नेता हुनुहुन्छ । उहाँलाई सोध्न चाहन्छु–यो कालो धनलाई दिनदहाडै सेतोपार्ने कुरा कहाँको क्रान्तिकारी हो ? कुन श्रमजिवी जनताको हितको लागि यो सहुलियत दिइँदैछ ? कुन राष्ट्रिय उद्योगपतिको लागि यो सहुलियत दिइँदैछ ?’
अध्यादेशको प्रतिस्थापन विधेयकका प्रावधानमाथि प्रश्न उठाए पनि एमाले सांसदहरुले बजेटसँग सम्बन्धित विधेयकहरुमाथिको कुनै पनि छलफलमा भने भाग लिएनन् ।
आर्थिक विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रताव पेश गर्दा अर्थमन्त्री जनार्दन शर्माले एमाले सांसद गुरुङको प्रश्नको जवाफ दिए । कलाकार, चिकित्सक, कानुन व्यावसायी लगायतलाई कसको कर छुट हुने स्पष्ट तोकिएको र ती सबैलाई करको दायरामा ल्याउने कुरा गरिएको उनले बताए । 
‘करको विस्तार गर्ने योजना अन्तर्गत यो राखिएको स्पष्ट गराउन चाहन्छु’ अर्थमन्त्री शर्माले भने, ‘यसको अर्थ भ्रष्टाचार सम्बन्धी ऐनले काम नगर्ने होइन, ती ऐनले काम गरिरहन्छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।