logo

बजेटसम्बन्धी तीन विधेयक पारित

    1721   पटक पढिएको

२५ भाद्र / अर्थ र व्यापार– शुक्रबार बसेको संघिय संसद्को प्रतिनिसभाको बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । जसमध्ये सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको घोषणा गरेका छन् ।

प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको जारी नारावाजीबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए ।
त्यस्तै सुवालपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको हो । शुक्रबार संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश हुने भएको छ ।
बैठक १५ मिनेटका लागि पुनः स्थगित
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठक पनि १५ मिनेटका लागि पुनः स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सभामुख सापकोटाले आजको कामाकारबाही सञ्चालन गरेका थिए । बैठकले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश स्वीकृत पनि गरेको छ । शुक्ररबारको प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दल एमालेका सांसदले चर्को नारावाजीसहित संसद्मा अवरोध गरेपछि सो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।