logo

नेप्सेको हाकिम बन्न एक दर्जनको प्रतिष्पर्धा

    1307   पटक पढिएको

२० असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का महाप्रबन्धक सिताराम थपलियाको कार्यकाल असार २२ गते सकिँदैछ । १८ खर्ब भन्दा बढि सेयर क्यापिटलाइजेशन भएको नेपाली पुँजी बजारको फ्रन्टलाइन रेगुलेटशन गर्ने निकायका रुपमा रहेको नेप्सेको नेतृत्वका लागि करिब एक दर्जन व्यक्तिहरु प्रतिष्पर्धामा छन् । 

त्यसो त थपलिया आफैं पनि कार्यकाल दोहोर्याउने अभियानमा छन् । थपलिया बाहेक नेप्सेको जीएम बन्न नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे पनि लागिपरेका छन् । त्यस बाहेक, एनआइबीएल क्यापिटका विनोद प्याकुरेल, ज्योति विकास बैंकका डेप्युटी सिईओ मनोज ज्ञवाली, चाटर्ड एकाउण्टेण्ट प्रकाश लम्साल र भोला पाण्डे लगायतले लबिङ तिब्र पारेका छन्।

नेपाल धितोपत्र बोर्ड र नेप्सेका बिचमा यतिबेला सम्बन्ध बिग्रिएको छ तर त्यस्तो सम्बन्ध संस्थागत नभएर व्यक्तिगत मात्रै हो । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र नेप्सेका महाप्रबन्धक सिताराम थपलियाको व्यक्तिगत इगोका कारण दुई नियामक बिच सम्बन्ध बिग्रिएको हो । यी दुबैलाई नेपाली काँग्रेसको सिफारिसमा नियुक्त गरिएको थियो ।

यतिबेला पनि काँग्रेसकै नेतृत्वमा सरकार रहेकाले थपलियाले दोश्रो कार्यकाल थप्ने अपेक्षा गरेका छन् । तर बोर्डका अध्यक्ष कार्की र अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नजिकको सम्बन्धका कारण थपलियाको योजना सफल हुनेमा आंशका उब्जिएको छ । बोर्डका अध्यक्ष कार्कीलाई रिजाउन सक्ने व्यक्ति मात्रै यतिबेला नेप्सेको महाप्रबन्धक बन्न सक्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।